Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिल्ला समन्वय समितिका लागि उम्मेदवारी दर्ता

एमाले एक्लै, कांग्रेस माओवादी मिलेर

three-party-1501667493.png

१८ साउन, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनको लागि नेकपा एमाले, नेपाली कांग्रेस  र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि नेकपा एमालेले एकल प्यालनमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले मिलेर उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेले अध्यक्षमा रघुनाथ खुलाल, उपाध्यक्षमा भगवति पुडासैनी, सदस्यहरुमा देवराज रिमाल, सरिता विक, सिता अधिकारी, गणेशकुमारी प्रधान, बुद्धिबहादुर मोक्तान, चित्रबहादुर लामा र ठूलीमाया मोक्तान रहेका छन् । पार्टी कार्यालयमा भएको कार्यक्रममा नेताहरु केदार न्यौपाने, ललित बस्नेत, रामेश्वर राना, बद्री लम्साल लगायतले सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीले विश्वास गरेर समन्वय समितिको उम्मेदवारको रुपमा प्रस्तुत गरेको भन्दै जनताको मन जित्ने ढंगले काम गर्न सुझाव दिएका थिए ।
यसैगरी, नेपाली कांग्रेसबाट अध्यक्षमा कृष्णप्रसाद दाहाल, सदस्यहरुमा सुवातसिं थिङ, सावित्रि घिमिरे, मैयाकुमारी गोले र राधिका सुनारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट उपाध्यक्षमा विजयकुमार व्लोन, सदस्यहरुमा रुपचन्द्र गोपाली, गोमा गोतामे र लिलाकुमारी विकले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन साउन २३ गते हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार