१६ फागुन,हेटौंडा । मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागेका हुन।
जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी,प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन् ।
फागुन १७ गतेदेखि २२ गतेसम्म काठमाडौंमा सञ्चालन हुने प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमानको स्मृतिमा आयोजित प्रतियोगितामा मकवानपुरबाट अनन्त ओझाले ४९ केजी तौल समूहमा, बुद्ध तितुङले ५२ केजी तौल समूहमा, महेन्द्र राईले ५६ केजी तौल समूहमा, सुचितध्वज कार्कीले ६० के.जी तौल समूह र निश्चल विष्टले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको लागि हेटौंडा ५ निवासी माधवकुमार न्यौपानेले आफ्नो पिता स्वर्गीय हरिप्रसाद न्यौपानेको स्मृतिमा खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ, सानोपोखरा निवासी तथा खेलकुदप्रेमी विनोद महतले यातायात खर्च १० हजार रुपैयाँ,पूर्व कराते खेलाडी प्रकाश श्रेष्ठले खाजा खर्चको लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।खेलाडी बिदाई कार्यक्रममा प्रतियोगिताका व्यवस्थापक सुशिल घिमिरे, जिल्ला बक्सिङ संघ मकवानपुरका सदस्य रोशिक श्रेष्ठलगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















