१८ फागुन, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी मेयरकप फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरापलिकाको वडा नम्बर ५ र १८ सोमबार भएको खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो खेलमा वडा नम्बर १८ ले वडा नम्बर १२ लाई २–१ गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा स्थान बनाएको हो । १८ नम्बरका लागि सुनिल घलान र विमल घलानले एक एक गोल गरे । वडा नम्बर १२ को तर्फबाट शम्भु पुडासैनीले एक गोल फर्काए । खेलमा वडा नम्बर १८ का रोशन मोक्तान खेलको म्यान अफ द म्याच भए ।
यस्तै सोमबार नै भएको दोस्रो खेलमा संघर्षपूण जित निकाल्दै वडा नम्बर ५ अघिल्लो चरणमा पुगेको छ । वडा नम्बर ५ ले वडा नम्बर ८ लाई सडनडेथमा पराजित गरेको हो ।
निर्धारित समयको खेलमा दुबै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा ८ नम्बर वडाका निरन्जन ढुंगानाको प्रहार बाहिरीएपछि वडा नम्बर ५ विजयी भएको हो ।
यसअघि निर्धारित समयमा वडा नम्बर ५ का तर्फबाट संजिव अर्याल र वडा नम्बर ८ का विशाल कार्कीले एक एक गोल गरेका थिए । ८ नम्बरका विजय विक खेलको म्यान अफ द म्याच भए ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















