Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा मेयर कपमा वडा नम्बर ६ र १३ क्वाटरफाइनलमा

images-1614731440.jpg

google

१९ फागुन, हेटौंडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको ६ र १३ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार भएको खेलबाट जित निकाल्दै ६ र १३ ले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । 
वडा नम्बर ६ ले १४ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो ।
खेलको ३६ औं मिनेटमा आलोक स्याङ्तानले गरेको गोल नै ६ नम्बरको लागि निर्णायक बन्यो । खेलमा १४ नम्बर वडाका सन्दिप गोले म्यान अफ द म्याच बने । 
यस्तै ९ नम्बर वडासंग २–० ले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै १३ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ । ९ नम्बरले १९ औं अमिर श्रेष्ठको पेनाल्टी गोल मार्फत खेलमा अग्रता लिएको थियो । 
२३ औं मिनेटमा आशिष लामाले अग्रता दोब्बर बनाए । १३ नम्बरका लागि रबि थिङले २३ औं मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए । त्यसको ५ मिनेटपछि सुवास रुम्बाले गोल गर्दै खेललाई २÷२ को बराबरीमा ल्याए । बाँकी समय दुवै वडाले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । 
टाइब्रेकरमा ९ नम्बर वडाका कृतिराज प्रजापतिको प्रहार १३ नम्बर वडाका गोलरक्षकले रोकेपछि निर्णय १३ नम्बरको पक्षमा गएको हो । खेलमा ९ नम्बर वडाका कप्तान अमिर श्रेष्ठ म्यान अफ द म्याच भए । 
जारी प्रतियोगितामा बुधबार १० र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेलमा १८ र १५  नम्बर वडा खेल्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार