Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने विप्लवको भनाई

60420883bb539_biplav123-1614943371.jpg

२१ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताएका छन् । 
शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि जनताले स्वतन्त्रतापूर्वक कदम चाल्नको लागि जनतालाई जनमतको अधिकार दिनुपर्ने बताए ।
नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरुले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभुति नगरेको भन्दै उनले जनतालाई मतको अधिकार दिइनुपर्नेमा जोड दिए ।
यस्तै महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपना सहित सरकारसँग सहमती भएको दाबी गर्दै सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
उनले आफ्नो पार्टीले सहमती पालन गर्ने भन्दै त्यसमा कसैले पनि आशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे । कम्युनिष्टहरु आफ्नो मान्यता देश माथि हस्तक्षेप भएको महशुस हुँदा बिद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भुमिका पुरा गरेको स्थितिमा कमयुनिष्टहरु शान्तिको दुत पनि बन्ने गरेका महासचिव विप्लवल बताए ।
महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडी बढ्न तयार रहेको पनि स्पष्ट पनि पारे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार