२३ फागुन, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको नगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेटौंडा उपमहानगरापालिका वडा नम्बर १७ र महिलातर्फ वडा नम्बर १९ ले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको शनिवार सम्पन्न फाइनल भिडन्तमा पुरुषतर्फको खेलमा वडा नम्बर १७ ले ११ लाई २५–१५, २५–२३ र २५–१३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । यसअघि वडा नम्बर १७ ले वडा नम्बर १९ लाई र वडा नम्बर ११ ले वडा नम्बर ५ लाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए ।
यस्तै महिलातर्फको उपाधिका लागी वडा नम्बर १९ ले वडा नम्बर १७ लाई २५–२३, २५–८ र २५–१७ को सोझो सेटमा हराएको हो । यसअघि वडा नम्बर १९ ले वडा नम्बर १२ लाई र वडा नम्बर १७ ले वडा नम्बर ९ वडालाई सेमिफाइनलमा हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा सर्वोत्कृष्ट खेलाडी १७ नम्बर वडाका सुमन नेपाल घोषित हुँदा, उत्कृष्ट डिफेण्डर ११ नम्बर वडाका ऋतिक बर्तौला, उदयमान खेलाडी १९ नम्बरका सुवास सुवेदी, उत्कृष्ट लिफ्टर १७ का दामोदर सुवेदी, उत्कृष्ट स्पाइकर ११ का राजेश घिमिरे, ब्लकर १७ कै विवेक माझी र उत्कृष्ट प्रशिक्षक १७ नम्बर वडाकै त्रिविक्रम रुपाखेती घोषित भए ।
यसैगरी महिला तर्फको सर्वोत्कृष्ट खेलाडी १९ नम्बर वडाका सपना बस्नेत, डिफेण्डर १७ का सन्ध्या खड्का, उदयमान खेलाडी १९ का सरिता तितुङ, उत्कृष्ट लिफ्टर १९ का झरना मोक्तान, स्पाइकर १७ का सन्तोषी सुवेदी र उत्कृष्ट प्रशिक्षक १९ का राजु घले घोषित भए ।
प्रतियोगिताको महिला र पुरुषका विजेता समूहले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने विधागत रुपमा उत्कृष्ठ हुने खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















