२३ फागुन, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधिको लागि डिफेण्डिङ च्याम्पियन १० नम्बर वडा र १८ नम्बर वडा भिड्ने भएका छन् ।
हेटौंडा उपमहानगरापकिाल वडा नम्बर १० र वडा नम्बर १८ हेटौंडामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेमीफाइनलमा वडा नम्बर १० ले वडा नम्बर १३ लाई र वडा नम्बर १८ ले वडा नम्बर ५ लाई टाइब्रेकरमा पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हुन् ।
शनिवार सम्पन्न भएको वडा नम्बर १० र वडा नम्बर १३ बीचको पहिलो सेमिफाइनल खेल निर्धारित समय १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । १० नम्बरको तर्फबाट ८ औं मिनेटमा सुमन छुमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३ को तर्फबाट सनुअल सुनारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बाँकी समय दुवै टोलीको तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा १० को तर्फको सुमन छुमी, विजय लामा, आशिष लामा र प्रितम स्याङ्बोले गोल गरेका थिए भने १३ को तर्फबाट कप्तान श्री स्याङ्तानको प्रहार मात्रै गोल भएको थियो । खेलमा १० नम्बर वडाका गोलरक्षक दिपेश गोले म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो सेमीफाइनलमा ५ नम्बर वडालाई टाइब्रेकरमा स्तब्ध पार्दै १८ ले फाइनल भिडन्त पक्का गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा ५ नम्बर वडा निराश हुँदै घर फर्किन बाध्य भयो । वडा नम्बर ५ को तर्फबाट मिलन अर्यालले २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर वडा नम्बर १८ का विमल घलानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
निर्धारित समयमा दुबैतर्फबाट एक एक गोलको बराबरी भएपछि टाइब्रेकरमा वडा नम्बर १८ ले ५–४ को जित निकालेको हो । ५ को तर्फबाट टीका चौलागाइँ, मिलन अर्याल, सुमन अर्याल र सन्जिव अर्यालले मात्रै गोल गरेका थिए । मनोज बिष्ट र निसान भुषालको प्रहार गोल हुन सकेन ।
यस्तै १८ का लागि सुनिल घलान, कृष्णबहादुर गुरागाइँ, राजेश पाण्डे, आयुर घलान र अनिष रोक्काले गोल गरेका थिए । सुदिप लोको प्रहार भने गोल हुन सकेन । खेलमा १८ नम्बर वडाका अनिष रोक्का म्यान अफ द म्याच भए । फाइनल खेल भोली सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















