Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी पक्षबाट आएका २३ जना एमाले केन्द्रीय सदस्य मनोनित

amale-1615556307.jpg

२८ फागुन, काठमाडौं । आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई समेत थाहा नदिइ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट महत्वपूर्ण निर्णय गराएका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा गोप्य रुपमा राखिएको बैठकले अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी हेरफेर गर्नेदेखि माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
एमालेको विधानमा केन्द्रीय कमिटिमा सदस्य थप्न नपाइे भए पनि ओलीले बाधा अड्काउ फुकाउ निर्णय गर्दै उक्त प्रावधानलाई निलम्बन गरेर माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई थाहै नदिइ राखिएको बैठकले पार्टीको दसैँ महाधिवशेन २०७८ साल मंसिर २ गतेदेखि ८ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
केन्द्रीय कमिटि बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।
बैठकले प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमति प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीमरावललाई हटाएर लेखराज भट्ट इन्चार्ज तोकेको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्।
ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ। पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैँले राखेको अर्का एक नेताले देश सञ्चारलाई जानकारी दिए।
निर्वाचन विभाग प्रमुखमा नेपाल पक्षका राजेन्द्र पाण्डेलाई हटाएर बैठकले छविलाल विश्वकर्मालाई जिम्मेवारी दिएको छ। त्यस्तै प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकिएको छ। ओली पक्षीय नेताहरुको बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ ।
ओलीले केन्द्रीय कमिटिको अर्को बैठक चैत ७ गतेका लागि बोलाएका छन्। उक्त बैठकमा नेपाल पक्षलाई समेत खबर गर्न निर्देशन दिएका छन्।
(देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार