Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुमार्गीका कारण पत्रकारले गरे पत्रकार सम्मेलन नै बहिष्कार

मउवा संघको अध्यक्षमा कृष्ण अग्रवालको उम्मेदवारी घोषणा

20210312_211855-1615563338.jpg

२८ फागुन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले पत्रकारहरुलाई अशिष्ट शैलीमा अभिव्यक्ति दिएको भन्दै मकवानपुरका पत्रकारहरुले पत्रकार सम्मेलन नै बहिष्कार गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार कृष्ण अग्रवालले आयोजना गरेको पत्रकार सम्मेलनम सुमार्गीले पत्रकारहरुलाई अशिष्ट शैलीमा अभिव्यक्ति दिएपछि मकवानपुरका पत्रकारहरुले सम्मेलन बहिष्कार गरेका हुन् ।
अध्यक्षका उम्मेदवार अग्रवाल र संघका अध्यक्ष कृष्ण कटुवालले सभ्य शैलीमा आफ्ना कुरा राखेपछि मन्तब्यका लागि आएका सुमार्गीले बोलीरहँदा पत्रकारहरु धैर्यता पूर्वक सुनीरहेका थिए ।
पत्रकारहरुलाई अशीष्ट शैलीमै अभिब्यक्ति दिनथालेपछि अग्रज पत्रकार र पत्रकार महासंघका अध्यक्षले नै उद्देश्य बाहीर गएर जथाभावी अभिब्यक्ति नदिन आग्रह गरेका थए । तर पत्रकारहरुको आग्रह विपरित सुमार्गी बोलीरहेपछि कार्यक्रम स्थलबाटै पत्रकारहरु बाहीरिएका थिए ।
उनले पत्रकारले विभिन्न समयमा लेखेका समाचार प्रती लक्षित भएर अभिव्यक्ति दिएका थिए । हेटौंडा बजार क्षेत्रमा पर्ने राजमार्गको २५/२५ मिटर बिस्तार, हेटौंडा १ देखि हेटौंडा १५ रातोमाटेसम्म निर्माण गरिएको बाईपास रोड लगाएतको समाचारमा पत्रकार पुर्बाग्रही भएको आरोप लगाएका थिए ।
पूर्व अध्यक्ष समेत रहेका सुमार्गीले उम्मेदवार कृष्ण अग्रवाललाई समर्थन गर्न बोलीरहँदा उनले उम्मेदवार अग्रवाललाई समेत शुद्दीकरण गरेर उम्मेदवार बनाएको भन्दै आफैले समर्थन गरेको उम्मेदवारको अपमान गरेका थिए ।

यसअघि अध्यक्ष पदका आकांक्षी कृष्णकुमार गुप्ता अग्रवालले उम्मेदवारी घोषणा गर्दै उद्योगी व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफुलाई मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति र पूर्व अध्यक्षहरुको साथ रहेको बताएका छन् । 
यही चैत्र २१ देखि २३ गतेसम्म हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधारणसभा तथा अधिवेशन हुँदैछ । अग्रवालले केही दिनमा नै प्यानलसहित पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कटुवालले वर्तमान कार्यसमितिमा रहेका २० जना उद्योगी व्यवसायीको समर्थन अग्रवाललाई रहेको जानकारी दिए । 
अग्रवालको टिमबाट वाणिज्यतर्फ काव्यमणी अधिकारी, रबि कडेल शर्मा, कुलप्रसाद चौलागाइँ, विकेशलाल श्रेष्ठ, धर्मराज बानियाँसहित अन्य केही उम्मेदवार हुनसक्ने उनले बताए । यस्तै महिलातर्फ निलम बैद्य, निलम पान्डे, राधिका सामरी र पश्चिम क्षेत्रतर्फ कृष्णहरी बर्तौलाको उम्मेदवारी रहने बताइएको छ । 
यस्तै उद्योगतर्फ रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, प्रमोदसिँह रानाभाट, सन्तोष अर्याल लगायतको उम्मेदवारी रहने जानकारी दिइएको छ । यस्तै वस्तुगतमा सुनिल अधिकारी, पुष्पराज पुडासैनी, एशोसियटमा बिष्णु खनाल, दीपक उप्रेतीलगायतको उम्मेदवारी हुने अध्यक्ष कटुवालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार