२ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव एवम् उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले सहमति, सहकार्य र एकतामार्फत् व्यवसायीमाझ लोकप्रिय र व्यवसायीक हकहितको काम गर्नसक्ने व्यक्तिलाई संघको नेतृत्वमा पुर्याउनुपर्ने बताएका छन् ।
मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघ मनहरीको सातौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राउतले उद्योगी व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्दै सुख दुःखमा साथ दिने र व्यवसायीको घरदैलोसम्म पुग्नसक्ने व्यक्तिलाई संघको नेतृत्वको जिम्मेवारी सुम्पिनुपर्ने बताएका हुन् ।
आसन्न निर्वाचनमा मउवा संघको अध्यक्ष पदको उम्मेदवारी दावी गरेका राउतले आम व्यवसायीको आवश्यकता र चाहाना बुझेर इमान्दार र जिम्मेवार व्यक्तिलाई अवसर प्रदान गरिनुपर्ने बताए ।
उनले भने ‘अघिल्लो निर्वाचनमा म प्राविधिक कारणले झिनो मतले पराजित हुनुपर्यो । अघिल्लो निर्वाचमा यहाँहरुले दिनुभएको मतको सम्मान गर्दै यसपटक फेरी उम्मेदवारी दिने तयारीमा छु । साथीहरुबाट प्राप्त राय÷सुझाव र साथ सहयोगका कारण उत्साहित भएर तयारीमा जुटेको छु । मैले निश्वार्थ भावले केही व्यवसायीक हितका एजेण्डा तय गरेको छु । यसपटक पुरा गर्नेछु ।’ उनले केही दिनमा नै आफ्नो चुनावी टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै सहयोगका लागि अपिलसमेत गरे ।
कार्यक्रममा आयोजक संस्थाले मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान र पूर्व पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघका अध्यक्ष वेदमणी सेडांईको अध्यक्षतामा र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













