विकेशलाल श्रेष्ठ
४ चैत, हेटौंडा । विनय एण्ड विकेश सप्लायर्सका संचालक युवा व्यवसायी विकेशलाल श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वाणिज्यतर्फको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका काम गर्ने प्रतिवद्धतासहित ८ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।सामाजिक कार्यमा समेत परिचित श्रेष्ठले पहिलो पटक संघको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफुले व्यवसायीका समस्या पहिचान गर्दै उनीहरुको हितमा काम गर्ने बताएका छन् । उनले उद्योगी व्यवसायीहरुसंग सहकार्य गर्दै व्यवसायिक र उपभोक्ताहितको क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको बताए । उद्योग बाणिज्य संघलाई सबै व्यवसायीको साझा थलोको रुपमा अघि बढाउनेतर्फ आफ्नो सधैं पहल रहने बताउँदै यसलाई सानादेखि ठूला व्यवसायीले उत्तिकै पहुँच राख्ने संख्थाको रुपमा अघि बढाउन आफ्नो पहल रहने उनको भनाई छ ।
व्यवसायिक संस्थामा प्रवेश गरेपछि आफले राजनैतिक आस्था र बिचारबाट भन्दा आम व्यवसायीहरुको सुझाव अनुसार अघि बढ्ने अठोट राखेका छन् । उनले आफुले अहिले पनि आवश्यक पर्दा व्यवसायीको समस्या समाधानमा साथ दिईरहेको बताउँदै संघमा जिम्मेवारी पाए यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।मउवा संघलाई प्रविधिमैत्री बनाउने, साना तथा घरेलु उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा ३६५ दिन नै हेल्प डेक्सको स्थापना गरी त्यहाँ पुगेका उद्योगी व्यवसायीलाई सहजिकरण गर्न प्रयास गर्ने उनको भनाई छ । करको अज्ञानताका कारण धेरै व्यवसायीहरु मारमा परिरहेको भन्दै उनले व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत र विशेष तालिम निःशुल्क उपलब्ध गराउनेतर्फ आफुले अग्रसरता लिने बताए । घरधनी, घरबहालमा बस्ने र सरोकारवाला निकायसंगको अन्तरक्रियामार्फत घर बहाल कर सम्बन्धी समस्या समाधान गर्न घर बहाल कर सम्बन्धित घरधनीले भुक्तानी गर्नुपर्ने प्रचलित नियमलाई कार्यान्वयनका लागि पहल गर्ने उनको भनाई छ ।
व्यवसायिक समानता र एकरुपता कायम गर्ने, व्यवसायीलाई उपभोक्ताप्रति जिम्मेवार बनाउने, समयसमयमा अनुगमन गर्ने र सहयोग सुझाव प्रदान गर्ने, व्यवसायीलाई पर्ने गरेका प्रशासनिक जटिलता अन्त्य गर्नको लागि पहल गर्ने उनको दावी छ । संघको ५४ औँ साधारणसभा चैत २१ गते र निर्वाचन तालिका २३ गतेका लागि तय भएको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







