Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मउवा संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राउत व्यवसायीको घरदैलोमा 

161180931_123259977719549-1616026038.jpg

५ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय÷सुझाव संकलन गरिरहेका छन् ।
मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर उनीहरुको समस्या÷गुनासो तथा राय÷सुझाव संकलन गर्न थालेका हुन् ।
‘व्यवसायीको समस्या, गुनासो र राय सुझाव संकलन गरेर म केही दिनमा नै व्यवसायीको हकहित र प्रर्वद्धन हुनेगरी योजनासहितको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छु । केही दिनमा नै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा पनि गर्ने छु ।’ राउतले भने ।
प्राविधिक कारणले उम्मेदवारी घोषणा गर्न केही दिन ढिला भएको भएपनि आफु व्यवसायीको सुख दुःखमा व्यवसायीकै माझमा रहेको र अघिल्लो निर्वाचनको परिणाम आएपछि नै अहिलेको लागि तयारी थालिसकेकोले यसपटक व्यवसायीको साथ आफुलाई रहने उनले बताए ।
‘अघिल्लो पटक मलाई अत्याधिक मत दिएका व्यवसायीलाई सम्मान गर्न चाहान्छु । उहाँहरुको माया र सद्भाव यसपटक झनै प्रगााढ भएको मैले महशुस गरेको छु । सबैले साथ सहयोग र राय सुझाव प्रदान गरिरहनुभएको छ । म झनै उत्साहित भएर निर्वाचनमा होमिएको छु । आशा छ यसपटक सबैले साथ सहयोग गरेर व्यवसायिक हितको एजेण्डा कार्यान्वयनको चरणमा पुर्याउन मलाई विजयी गराउनुहुनेछ ।’ उनले भने ।
राउतले केही दिनमा नै आफ्नो चुनावी समूह पनि सार्वजनिक गर्ने बताएका छन् । यसअघिको मउवा संघको निर्वाचनमा झिनो मतले पराजित भएका राउत यसअघि पनि व्यवसायीको समस्या समाधानका लागी सक्रिय भएर लाग्दै आएका छन् ।
मउवा संघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यतालिका क्रमश चैत २१ गते र २३ गतेको लागि तय भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार