Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहीद स्मृति गोल्डकपः आयोजक मकवानपुर ११ र आर्मीबिच शनिवार फाइनल भिडन्त

उपाधि उचाल्ने दुबै टिमको दावी

qqqq-1616158399.jpg

६ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी भोली शनिवार आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मि फुटबल क्लब आमनेसामने हुँदैछन् ।
साबिक विजेता आयोजक मकवनपुर ११ र विभागीय टोली आर्मीका प्रशिक्षकले जारी तेस्रो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रतिशक्षकले उपाधि जित्ने दावी गरेका हुन् । 
आयोजक मकवानपुरका टिम व्यवस्थापक युवराज लामाले स्थानिय र राष्ट्रिय खेलहरुसमेत खेलिसकेका खेलाडीहरुको समिश्रणबाट नतिजा आफनो पक्षमा आउँने विश्वास व्यक्त गरे । उनले ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई हराएका कारण पनि आफनो टिमका खेलाडीहरुको हौसला उच्च रहेको बताए । 
यस्तै टिम प्र्रशिक्षक विजयलाल श्रेष्ठले घरेलु मैदान र घरेलु समर्थकको साथले पनि आफुहरुलाई खेल जित्न पे्ररित गर्ने दावी गरे । 
यसैगरी आर्मीका टिम म्यानेजर चुनबहादुर थापाले विदेशी टिमलाई हराउँदाको उच्च मनोबल उपाधि जित्ने एउटा आधार भएको बताउँदै आफनो टिममा खेलाडीहरु फिट र लयमा रहेकाले पनि उपाधि जित्ने दावी गरे । 
यद्यपि खेलमा जित र हारको दुबै संभावनालाई भने नकार्न नसक्ने उनको भनाई थियो । उनले आफुहरुको लक्ष्य भने हेटौंडाबाट उपाधि लिएरै जाने रहेको बताए । 
आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले फरेष्ट्रीको खेल मैदानमा यसअघि तीन वटा फाइनल खेलिसकेको र दुई वटामा विजयी भएको स्मरण गर्दै यस मैदानमा तेस्रो पटक उपाधि उचाल्ने दावी गरे । 
प्रतियोगिताको फाइनल यात्रा तय गर्ने क्रममा पहिलो सेमिफाइनल खेलमा आर्मीले विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई १–० गोल अन्तरले हराएको थियो भने आयोजक मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । 
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा शनिवार २ बजे सुरु हुने फाइनल खेलको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख ५० हजार बराबरको बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

162120279_863501294235185-1616158400.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार