Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुरको ११ औं राष्ट्रपति रनिङशिल्ड चैत्र अन्तिमा हुने

shield-1582118003-1616200243.jpg

संकेतिक तस्विर

७ चैत, हेटौंडा । मकवानपुर जिल्लाको ११ आंै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चैत्र २७ गते देखि हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा शुक्रवार बसेको प्रतियोगिता निर्देशक समितिको बैठकले मिति निर्धारण गरेको हो । 
गत वर्ष कोभिडका कारण हुन नसकेको प्रतियोगित यस बर्ष चैत्र भित्रै सक्न प्रदेश खेलकुद परिषदबाट निर्देशन आए पछि तयारी सुरु गरिएको खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । 
बैठकले स्थानिय तहस्तरिय छनौट यही चैत्र २० गते भित्र सम्पन्न गर्न र नतिजा खेलकुद विकास समितिमा पठाउन स्थानिय तहहरु संग अनुरोध पनि गरेको छ । प्रतियोगितामा एटलेटिक्स, भलिवल कवड्डी,सितेरियो कराते,तेक्वान्दो र उसु समावेश गरिने भएको छ । नवौं र दशौं प्रतियोगितामा प्रथम भई बकैयाको जनकमाविले शिल्ड जितेको छ । अव यस पटक पनि उसैले जिते शिल्ड पचहुने दाहालले जानकारी दिएका छन् ।
प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने गर्दछ । स्थानिय तहबाट एटलेटिक्समा प्रथम र द्धितीय तथा अन्य टीम र समुह गेममा भने प्रथम टिम मात्र जिल्ला खेल्न आउने पनि दाहालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न तथा विजेता खेलाडीलाई प्रदेशमा सहभागि गराउन करिव दश लाख खर्च लाग्ने तर सरकारले चार लाख मात्र रकम निकासा गर्ने समितिका अध्यक्ष सानुकुमार लामाले बताए । 
बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, शिक्षा समन्वय ईकाई, प्याव्सन, शिक्षक महासंघ, करोते, तेक्वान्दो, उुसु, भलिवल तथा एथलेटिक्स संघका प्रतिनिधिहरुको सहभागिता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार