७ चैत, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागी पहिलो हाफको ३८ औं मिनेटमा क्याप्टेन टेकबहादुर बुढाथोकीले गोल गरे हुन् ।अतिनै रोमाञ्चक खेलमा घरेलु दर्शकको राम्रो साथ र समर्थन पाएको मकवानपुरले राम्रो प्रयास गरेपनि गोल गर्न नसक्दा उपाधि गुमाउन पुग्यो ।
प्रतियोगिता अन्तर्गत आजको खेलको म्यान अफ द म्याच गोलकर्ता त्रिभुवन आर्मीका टेकबहादुुर बुढाथोकी भए । उनले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे ।
विजेता भएसँगै नेपाल त्रिभुवन आर्मी फुटबल क्लबले नगद रु. १० लाख सहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बनेको मकवानपुर ११ ले ५ लाख रुपैँयमा चित्त बुझाएको छ ।
यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीको पुरस्कर आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले जितेका छन् । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक त्रिभुवन आर्मी फुटबल क्लबका विश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मी फुटबल क्लबका दिपक गुरुङ , उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मीका शेषेहाङ आङदम्बे, उत्कृष्ट फरवार्ड आयोजक मकवानपुर ११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी फुटबल क्लबका नविन न्यौपाने घोषित भए । विद्यागत उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै प्रतियोगिताको समापनको अवसरमा मकवानपुर जिल्ला फुटबल संघले मकवानपुरको फुटबल क्षेत्रको उन्नतीका लागी अतुलनिय योगदान गरेको भन्दै निर्मल बल लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड स्वरुप माउन्टेन बाइक प्रदान गरिएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेेेयर हरि बहादुर महत लागाएतको उपस्थिति रहेको थियो ।
फोटो:पष्ट खबर
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















