९ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी नेतृत्वका लागि प्रेस संगठन नेपाल (तत्कालिन प्रेस सेन्टर) मकवानपुरले पत्रकार ध्रुव अधिकारीको नेतृत्वमा जाने निर्णय गरेको छ ।
आइतबार तत्कालिन प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा बसेको बैठकले महासंघमा तत्कालिन प्रेस सेन्टरको तर्फबाट अधिकारीको नेतृत्वमा पठाउने निर्णय गरेको हो ।
उम्मेदवार छनौट तथा अन्य संगठनसंग सहकार्य गर्नको बैठकले ५ सदस्य टोली निर्माण गरेको छ । उक्त टोलीमा संगठनका प्रदेश संयोजक शुनिल खड्का, भानुभक्त आचार्य,नानिमाँया बिष्ट, अञ्जली थापा, धु्रब अधिकारी रहेका छन् ।
यसैगरी बैठकले निर्बाचन परिचालन कमिटी समेत निर्माण गरेको छ । उक्त कमिटीमा ईच्छापुर्ण कार्की, राजकुमार केसी, शुभलक्ष्मी बिक, सरला अधिकारी, भावना रिजाल, अशोकसुजन श्रेष्ठ, दिल रुम्बा, अर्जुन संजेल र रुपा गुरुङ रहेका छन् ।
बैठकबाट संगठनको तर्फबाट महासंघमा जाने जिम्मेवारी पाएका अधिकारी दुई दशकदेखि मकवानपुरे पत्रकारितामा क्रियाशिल अधिकारी बाइलाइन नेपाल डटकम र हेटौंडा खबरपत्र साप्ताहिकको सम्पादक, राजधानी दैनिकको संवाददाता कार्यरत रहेका छन् भने अधिकारीले हेटौंडा सन्देश दैनिकसहित जिल्लाका विभिन्न सञ्चारमाध्यममा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
संगठनबाट नेतृत्व गर्ने अवसर पाएका अधिकारीले महासंघलाई सबै श्रमजीवी पत्रकारको साझा थलोका रुपमा विकास गर्ने बताएका छन् । आसन्न निर्वाचनमा सबै पक्षसँग सहकार्य गरेर महासंघमा नेतृत्वसहित उर्जाशिल टिम लैजान प्रयास गर्ने उनले प्रतिक्रिया दिए ।
महासंघको संस्थागत विकासदेखि श्रमजीवी पत्रकारको हकहित हुँदै स्वरोजगारमूलक सञ्चार माध्यमलाई बलियो बनाउनेलगायतका योजनासहित पत्रकारको माझ पुग्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता अधिकारीले जनाएका छन् ।
प्रेस संगठन मकवानपुरले अग्रज पत्रकार सम्मान तथा पुरस्कार बितरण गर्ने
यस्तै बैठकले मकवानपुर जिल्लामा रहेका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । लामो समयदेखि मकवानपुरे पत्रकारिताको विकास र समृद्धिमा योगदान पुर्याएका अग्रज पत्रकारलाई संगठनले एक कार्यकमका बीच सम्मान गर्ने निर्णय गरेको हो ।
तत्कालिन प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदान गर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गर्ने निर्णय गरेको छ ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













