२१ चैत, हेटौंडा । साविक विजेता जावलाखेल यूथ क्लवलाई टाइब्रेकरमा हराउँदै विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जावलाखेललाई ५–३ गोल अन्तरले निराश बनाउँदै अफ्रिकनले उपाधि भिडन्त पक्का गरेको हो ।
पेनाल्टि सुटआउटमा लायन्स म्यानको गलत निर्णयको कारण हार व्यहोर्न बाध्य भएको भन्दै जावलाखेलका खेलाडी र अफिसियलले असन्तुष्टि व्यक्त गरेका छन् । टाइब्रेकरमा अफ्रिकनका खेलाडी इबोडेको प्रहारलाई जावलाखेलका गोलरक्षकले रोकेका थिए । गोललाइन क्षेत्रबाट अघि बढेको भन्दै लायन्स म्यानले झण्डा उठाएपछि उनले दोहो¥याएर प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
खेलमा जावलाखेलका सिमान्त थापा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । क्यामरुनले अब फाइनलमा शनिबार हुने थ्रीस्टार क्लव र बागमती यूथ क्लव सर्लाहीको विजेतासंग २३ गते खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















