Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सामुदायिक वन दिवसमा फेकोफनको कार्यक्रम

Chuchekhola-1470756813.jpg

भीमसेन पौडेल
२५ साउन, हेटौँडा । सरकारले श्रावण २५ गतेलाई सामुदायिक वन दिवस मनाउने घोषणा गरे बमोजिम मकवानपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय र जिल्ला वनस्पति कार्यालयले संयुक्त आयोजनामा दिवस मनाईएको हो ।
सामुदायिक वनको पहिचान राष्ट्रिय समृद्विको अभियान भन्ने नाराका साथ मनाईएको कार्यक्रममा मकवानपुरमा पहिलो हस्तान्तरीत चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई सम्मानित गरिएको थियो । यसैगरी जिल्ला वन कार्यालय मकवानपुरले आव ०७२÷०७३ मा विभिन्न विधामा  उत्कृष्ठ घोषित गरेका सामुदायिक वन, कवुलियती वन र निजि वनहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
सामुदायिक वन तर्फ न्यूरेनी चिसापानी सामुदायिक वन हेटौडा ७ नमोवुद्व सामुदायिक वन फापरवारी र हरियाली सामुदायिक वन मनहरी क्रमश प्रथम, द्वितीय र तृतिय भएका थिए । यसैगरी कवुलियती वनतर्फ त्रिभुवन राजपथ कमेरोडाँडा कवुलियती वन, रुथुमभेक कवुलियती वन, महिला हरियाली कवुलियती वन क्रमश प्रथम द्वितीय र तृतिय भएका थिए । प्रतियोगितामा वन्यजन्तु तर्फ सिमपानी देवकोट संयुक्त सामुदायिक वन, चुरेकाँड सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनले क्रमश प्रथम द्वितीय र तृतिय पुरस्कार प्राप्त गरेका छन । 
राष्ट्रपति चुरे कार्यक्रम तर्फ नवलपुर सरस्वती बसामाडी सामुदायिक वन हेटौडा ११, पञ्चकन्या सामुदायिक वन हेटौडा २५ र ज्योति सामुदायिक वन हेटौडा २४ क्रमश प्रथम द्वितीय तृतिय पुरस्कार पाएका छन भने निजी वन तर्फ हेटौडा ६ का यादवप्रसाद उप्रेती, आमभन्ज्याङ्गका लालबहादुर बजगाई, हेटौडा ११ का केदारनाथ बजगाई क्रमश प्रथम द्वितीय र तृतिय भएका छन ।
सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता एवम महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्गतानको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष पुष्पराज पराजुली,  मध्यमान्चल क्षेत्रीय वन कार्यालयका सूचना अधिकृत नवराज पुडासैनी, जिल्ला वनस्पति कार्यालयका प्रमुख नरहरी चापागाई, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्तम कटुवाल, जिल्ला भू–संरक्षण कार्यालयका शम्भु नेपाल, रामहरी चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार