Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

त्रिदेशीय टी–२० क्रिकेटः नेदरल्यान्ड्स फाइनल नजिक

Netherlands-1-1618920314.jpg

७ बैशाख, हेटौंड । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृखंलाको फाइनल नजिक पुगेको छ । 
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । 
पहिलो खेल नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले तीन खेलबाट दुई खेलमा जित निकाल्दै फाइनल यात्रालाई बलियो सम्भावना बनाएको हो ।
नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । 
त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए । नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई÷दुई विकेट लिए । 
मंगलबारको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । मंगलबारको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल भने कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार