Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आइपिएलमा कोलकाताको दोस्रो जित

Kolkata-1619499292.jpg

१४ बैशाख, हेटौंडा । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तरगत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो ।
पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७ रन जोडे। राहुल त्रिपाठीले ४१ रन तथा आन्द्रे रसेलले १० रन बनाए । पञ्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एकरएक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
पञ्जाबका मयांक अग्रवालले ३१ तथा क्रिस जोर्डनले ३० रन बनाए। लोकेश राहुल र निकोलस पुरणले समान १९र१९ तथा साहरुख खानले १३ रन बनाए । कोलकाताका प्रसिद्ध कृष्णले ३ तथा सुनिल नारिन र पाट कुमिन्सले २–२ विकेट लिए । यो जितसँगै कोलकता चार अंकका साथ तालिकाको पाचौँ स्थानमा उक्लेको छ। समान चार अंक रहेको पञ्जाब छैठौँ स्थानमा छ ।
आठ अंकका साथ पहिलो तीन स्थानमा चेन्नई, दिल्ली र बैंगलोरको टिम छ भने ६ अंक रहेको मुम्बई चौथो स्थानमा छ। राजस्थान सातौँ स्थानमा रहँदा हैदराबादको टिम अन्तिममा छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार