१८ बैशाख, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।
पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए ।
यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए । बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १÷१ विकेट लिए ।
यससँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ । पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ । यस हारसँगै बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















