२० बैशाख, हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाईरस संक्रमण विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार कारोनालाई परास्त गर्न मन्त्रालयले गरिरहेका कामहरुको बारेमा जानकारी दिंदै यस्तो आग्रह गरेको हो । कार्यक्रममा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहकार्यबाट मात्रै कोरोनालाई परास्त गर्न सकिने भएकाले सहयोगका लागि आग्रह गरिन् । उनले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात धुने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न र पार्टी, सेमिनार, भोजभतेर, सभा जस्ता मानिस जम्मा हुने कार्यक्रम रोक्न आग्रह गरिन् । उनले प्रदेश सरकार प्रदेशमा कोरोनाविरुद्धको अभियानमा दु्रत गतिमा काम गरिरहेको समेत बताईन् ।
सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी कोरोना विरुद्धको अभियानलाई युद्धको संज्ञा दिंदै यो युद्ध जित्नका लागि स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका सबै संयन्त्र परिचालन हुनुपर्नेमा जोड दिए । उनले समुदायस्तरबाटै यसलाई परास्त गर्न काम गर्नुपर्नेमा जोड दिंदै रोकनाम र उपचारमा कुनै पनि कमी हुन नदिने दावि गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रवक्ता बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले बागमती प्रदेशमा १ लाख ८३ हजार ३०५ जना कोरोना संक्रमित रहेको जानकारी दिएका थिए । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परिक्षणको संक्रमण दर ३७.३६ प्रतिशत रहेको र २४ घण्टामा सबै भन्दा बढी नयाँ संक्रमण देखिएका जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुर रहेको जानकारी दिए ।
उनका अनुसार प्रदेशभर आइसीयु बेडको संख्या ४१५, आइसीयुमा भर्ना भएको संख्या २८०, भेन्टिलेटर बेडको संख्या १६० र भेन्टिलेटर बेडमा भर्ना भएको संख्या ९० जना रहेको जानकारी दिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













