२९ साउन, हेटौँडा । मकवानपुर लगायत देशका विभिन्न भागमा बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस मकवानपुर र नेकपा एमाले मकवानपुरले दुःख व्यक्त गरेको छ । बाढी र पहिरोको कारणले धनजनको क्षति हुनुका साथै जनजीवन कष्टकर भएकोमा नेपाली काँग्रेस मकवानपुरले दुःख व्यक्त गरेको हो ।
जिल्ला सभापति एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा राहत तथा उद्धार कार्यमा लाग्न र यथासक्य सहयोगका लागि परिचालित हुन पार्टीका जिल्ला कार्यसमिति, क्षेत्र, नगर वडा कार्यसमिति, गाउँ वडा सभापतिसहित भातृ एवं शुभेच्छुक संगठनलाई निर्देशन दिईएको छ । कांग्रेसले क्षतिको जिल्ला पार्टी कार्यालयमा क्षतिको विवरण संकलन गरी बुझाउन समेत भनेको छ ।
यस्तै, नेकपा एमाले मकवानपुरले पनि बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा मानबिय तथा भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेको छ । अध्यक्ष मुनु सिग्देलले विज्ञप्ति जारी गर्दै बकैयाँ गाउँपालिका, भिमफेदी गाउँपालिका र बागमति गाउँपालिकामा बाढी तथा पहिरोले बगाएर जनधनको क्षति भएको खबरले दुखित बनाएको बताईन् । राहत र उद्धारमा जुट्न समेत एमालेले सबैलाई आग्रह गरेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















