Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल सुपर लिगः बुटवललाई हराउँदै ललितपुर क्वालिफायरमा

183064634_131060569064733-1620865669.jpg

३० बैशाख, हेटौंडा । ललितपुर सिटी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा मात्रै गोल सम्भव भएको थियो । 
खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरेका थिए । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।
खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।
अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ । पहिलो इलिमिनेटरमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफाय खेल्ने मौका पाएको हो । बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ । 
ललितपुर र काठमाडौंबीचको खेल आज हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार