Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

घरेलु तथा साना उद्योगीलाई आवश्यक सहयोगका कार्यक्रम ल्याउन माग

Screenshot_20210526-20481-1622041661.jpg

१२ जेठ,हेटौंडा । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको छ । 

संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का कारण भएको लकडाउनका कारण घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले सरकारले आफूहरु लक्षित ठोस कार्यक्रमहरु ल्याउन माग गरेका हुन् । 

विज्ञप्तिमा नेपाल सरकारले तोकेको भन्सार तिरी कच्चा पदार्थ बाहिरी देशबाट समेत आयात गरी  तिनै देशहरुमा उत्पादित बस्तुको मूल्यसंग प्रतिस्पर्धा गर्दै उद्योग सन्चालन गर्नु परेको चुनौतीपूर्ण अवस्थामा घरेलु तथा साना उद्योगीहरु कोरोनाको माहामारीबाट थप प्रताडित बन्न पुगेको उल्लेख छ । यस्तै सरकारले आफूहरुको समस्या सुनुवाई नगरेको भन्दै विज्ञप्तिमा आफ्नो पेशालाई निरन्तरता दिन आफ्नो जायजेथा बैंकमा राखी ऋण लिई उद्योगहरु सन्चालन गरिरहेका धेरै घरेलु तथा साना उद्योगहरु ऋणको ब्याज मात्र होइन सावाँ पनि तिर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ । 

सरकारले लकडाउन भरी ऋणको ताकेता नगर्नु भनी बैंकहरुलाई परिपत्र गरेको भएतापनी त्यसको खासै असर आफूहरुले नदेखेको विज्ञप्तिमा लेखिएको छ । ‘लकडाउन खुकुलो हुनासाथ बैंकको किस्ता, ब्याज, बत्ती, पानी, भाडा र श्रमिकको पारिश्रमिक कसरी बुझाउने भन्ने सोच र चिन्तामा व्याकुल साना उद्योगीहरुलाई आफ्नो उद्योग टोक्नु न बोक्नु अवस्थामा पुगेको छ ।’ विज्ञप्तिमा उल्लेख गर्दै घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई बैंकको व्याज, बत्ती, पानी, घरभाडामा विशेष सरकारी प्याकेजको खाँचो परेको अवस्थामा पनि आमनागरिकको जीवन जोगाउन व्यक्तिगत वा समूहगत रुपमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेकोबारे गराउन गराइएको छ । 

कोभिडका कारण लागू गरिएको निषेधाज्ञाका कारण हाल प्राय सम्पूर्ण उद्योग बन्द रहेकाले सरकारले ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु सधैंका लागि बन्द हुने हुँदा सम्बन्धि निकायलाई ध्यान दिन माग पनि प्रेस विज्ञप्तिमार्फत गरिएको छ । ‘माहामारीमा ज्यानको सुरक्षाले प्राथमिकता पाउने भएता पनि त्यसपछिका दिनहरुमा नेपाल सरकारले कुनै ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु बन्द हुने अवस्थामा रहेको हुँदा समयमा नै सम्बन्धीत निकायको ध्यान जाओस् भनी यो प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।  

अहिले कोरोनाको कहरमा उपचारको निम्ती अस्पतालमा बेड नहुँनु, आइसीयु, अक्सीजन अभाव हुनु तथा खोपको पर्याप्त उपलब्धता गराउनुपर्नेमा सरकार तथा राजनीतिक दलहरुको प्रभावकारी भूमिका नखेलेको बताउँदै सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य उपचारमा लगाउन ध्यानाकर्षण गराउँदै घरेलु उद्योगी व्यवसायीहरुलाई खोपको व्यवस्था मिलाउन पनि महासचिव पौडेलले विज्ञप्तिमार्फत माग गरेका छन् ।

Screenshot_20210526-20475-1622041663.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार