१६ जेठ, हेटौंडा । सरकारले ज्येष्ठ नागरिकका लागि प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता वापतको भत्ता बढाएर मासिक ४ हजार रुपैया पुराएको छ ।
शनिबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर प्रति महिना ४ हजार पुराईएको जानकारी दिए । यो चालु आर्थिक बर्षमा उपलब्ध गराईएको सामाजिक सुरक्षा भत्ताको ३३ प्रतिशतले बढी हो ।
त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको उनले जानकारी दिए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठीत क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराईने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ । राट्र««पति महिला उद्यमी कार्यक्रम अन्र्तगतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।
प्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















