Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप तथा एसियन छनोटमा नेपाल जोर्डनसँग पराजित

E3S1H0jWEAYzj80-1623109567.jpg

२५ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । 
जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे भने याजन अल अरबले एक गोल गरे । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा बाहाले सहजै गोल गरे थिए ।
खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाए ।
यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो । 
जितसँगै समूह ’बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ । नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार