Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अष्ट्रेलियासँग नेपाल पराजित, तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने

199132261_836736306941034-1623456291.jpg

२९ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार भएको खेलमा नेपालमा अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा १० खेलाडीमा समेटिएको नेपालबिरुद्ध अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए  । अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।
यस जितसँगै अष्ट्रेलियाले नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा अष्ट्रेलियाले नेपाललाई ५–० ले हराएको थियो ।
जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ  । शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ’बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।
नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार