३० जेठ, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए । यस्तै खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।
वेल्सविरुद्ध बलमा पकड जमाएको स्विजरल्याण्डले गोलको अन्य अवसर समेत बनाएको थियो । तर, स्विजरल्याण्डको पटक पटकको प्रहार वेल्सका गोलकिपर डेनी वार्डले उत्कृष्ट बचाउ गरे । वेल्सले पनि पाएको केहि अवसरमा गोल गर्न सकेन ।
यस बराबरीसँगै समूह ’ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् । समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ । यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















