१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आव ०७८/०७९ को बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैंया बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेट मध्ये चालु खर्चका लागि २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैंया अर्थात ४५ प्रतिशत, पूँजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैंया अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ २ अर्ब अर्थात ४ प्रतिशत विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख १८ हजार रुपैंया र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड ३१ हजार रुपैंया तथा संघीय सरकार र वित्तिय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख र विविध प्राप्त १ अर्ब ५ करोड ९ लाख ९६ हजार संकलन हुने अनुमान गरिएको छ । त्यस्तै चालु आर्थिक बर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
बागमती प्रदेशले स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राख्दै हेटौंडा–काठमाडौं सुरुङ मार्गका लागि ७५ करोड, मेट्रो रेल संचालन गर्ने, कोरोना विरुद्धको खोपका लागि २ अर्ब, स्वास्थ्य पूर्वाधार विकास लागि २ अर्ब ४२ करोड बजेट विनियोजना गरेको जनाएको छ ।
बागमती प्रदेशको आव ०७८/०७९ को बजेट पूर्ण पाठ
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















