Email :- prastakhabar@gmail.com
खेलकुद

मल्टिभिजन र डिलर एशोसियसन फाइनलमा

FB-1503234401-1503408166.png

६ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदान (हुप्रा)मा जारी सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि विहीबार एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् । 

मंगलबार भएको खेलमा एफसी मल्टिभिजन र डिलर एशोसियसन विजयी भए पछि यी दुई टिमबीच उपाधि भिडन्त पक्का भएको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एफसी मल्टिभिजनले एफसी इन्टरनेटलाई ट्राइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा मल्टिभिजन र एफसी इन्टरनेटले १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा इन्टरनेटलाई ४–३ ले हराउँदै मल्टिभिजन फाइनलमा पुगेको हो ।

मल्टिभिजनको लागि रञ्जन विष्ट, अमिरश्रेष्ठ, मनोज विष्ट र विवेक गुरुङले गोल गरेका थिए भने इन्टरनेटको तर्फबाट राजश्रिप प्रजापति, विक्रम बानियाँ र इरोज थापाले गोल गरेका थिए भने सुशान्त लामाले प्रहार गरेको बल बाहिरिएको थियो । प्रतियोगितामा मल्टिभिजनका गोल रक्षक अशोक बराल म्यान अफ द म्याच घोषित भए । 

दोस्रो सेमिफाइनल खेलमा चौकिटोल युवा क्लबलाई ६–२ को गोल अन्तरले हराउँदै डिलर एशोसियसन फाइनलमा प्रवेश गरेको छ । एशोसियसनको तर्फबाट राजन गौतमले ह्याट्रिक गर्न सफल भए भने स्यान्टो आचार्य, सुनिलजंग कार्की र भुपेन्द्र चौलागाईले एक÷एक गोल गर्न सफल भए । प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका गौतम म्यान अफ द म्याच घोषित भए । सुन्दर बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा  विजेताले नगद ३० हजार रुपियाँ र उपविजेताले २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता,  अनुशासित क्लबलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
rain-1024x5381677408810-1685838594.jpg

२१ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...

हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

थप समाचार