६ भदौं, हेटौँडा । हेटौंडाको लोकतान्त्रिक मैदान (हुप्रा)मा जारी सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि विहीबार एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् ।
मंगलबार भएको खेलमा एफसी मल्टिभिजन र डिलर एशोसियसन विजयी भए पछि यी दुई टिमबीच उपाधि भिडन्त पक्का भएको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एफसी मल्टिभिजनले एफसी इन्टरनेटलाई ट्राइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा मल्टिभिजन र एफसी इन्टरनेटले १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा इन्टरनेटलाई ४–३ ले हराउँदै मल्टिभिजन फाइनलमा पुगेको हो ।
मल्टिभिजनको लागि रञ्जन विष्ट, अमिरश्रेष्ठ, मनोज विष्ट र विवेक गुरुङले गोल गरेका थिए भने इन्टरनेटको तर्फबाट राजश्रिप प्रजापति, विक्रम बानियाँ र इरोज थापाले गोल गरेका थिए भने सुशान्त लामाले प्रहार गरेको बल बाहिरिएको थियो । प्रतियोगितामा मल्टिभिजनका गोल रक्षक अशोक बराल म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा चौकिटोल युवा क्लबलाई ६–२ को गोल अन्तरले हराउँदै डिलर एशोसियसन फाइनलमा प्रवेश गरेको छ । एशोसियसनको तर्फबाट राजन गौतमले ह्याट्रिक गर्न सफल भए भने स्यान्टो आचार्य, सुनिलजंग कार्की र भुपेन्द्र चौलागाईले एक÷एक गोल गर्न सफल भए । प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका गौतम म्यान अफ द म्याच घोषित भए । सुन्दर बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विजेताले नगद ३० हजार रुपियाँ र उपविजेताले २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित क्लबलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















