सुनिल शिवाकोटी
३० असार,हेटौंडा। मकवानपुर र चितवन जिल्लाको विभिन्न स्थानमा रहेको कृषि फार्मको अवलोकन तथा अनुगमन गरिएको छ।
कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा ज्ञान केन्द्रका प्राविधिक,कर्मचारी तथा चितवन र मकवानपुरका पत्रकारहरुको संयुुक्त टोलीले कृषि फार्मको अवलोकन तथा अनुगमन गरेका हुन।
कृषि ज्ञान केन्द्र चितवनको वार्षिक कार्यक्रम अन्तर्गत चितवन र मकवानपुरका पत्रकारहरू सहितको करिब ३१ जनाको टोलीले तिन दिने कार्यक्रम अन्तर्गत चितवन र मकवानपुरमा ज्ञान केन्द्रको अनुदानमा सञ्चालित कृषि फार्महरूको अवलोकन र अनुगमन गरिएको हो।
जस अनुसार असार २८ गते सोमबार चितवनको माडीमा प्रदेश सरकारको सामुहिक खेती कार्यक्रम (चक्लाबन्दी आयोजना) र प्राङगारिक अनुसन्धान केन्द्र तथा फार्म स्थापना कार्यक्रमको अवलोकन गरिएको हो। त्यसैगरी २९ गते मंगलबार चितवनको भरतपुरमा ड्राइगन फुडको नमुना कार्यक्रमको अवलोकन गरिएको थियो भने २९ गते मंगलबार नै मकवानपुरको मनहरी गाउँपालिकामा लगाइएको ड्राइगनखेती,कागती पकेट क्षेत्र र मंगलबार दिउँसो मकवानपुरको उत्तरी क्षेत्रको थाहानगरको दामनमा रहेको शितोष्ण वागवानी नर्सरी केन्द्रको अवलोकन गरिएको हो।त्यस्तै ३० गते बुधबार केन्द्रको अनुदानका सञ्चालित हेटौंडाको दुई वटा वडामा रहेको नमुना कृषि फार्मको अवलोकन गरिएको थियो।
बुधबार दिउँसो हेटौंडा ८ कमानेमा उमानाथ आचार्य र केशव कुमार शाहीले सञ्चालन गरेको उच्च प्रविधियुक्त संरक्षित तरकारी खेती कार्यक्रम र हेटौंडा १५ ठुलो सुकौलीमा सक्रिय महिला समूहले सञ्चालन गरेको एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रम अन्तरगत प्लाष्टिक घरमा लगाइएको तरकारी खेतीको अवलोकन गरिएको हो।
अवलोकन तथा अनुगमनमा कार्यक्रममा केन्द्रका कृषि प्रसार अधिकृत मिन बहादुर पुन,कृषि ज्ञान केन्द्र चितवनकै योजना अधिकृत उमराज अर्याल,केन्द्रकी सुचना अधिकारी सुरुची त्रिपाठी,कर्मचारी मधु मरहठ्ठा,गणेश श्रेष्ठ,तथा प्रविधिक अञ्जु भण्डारी नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी,कोषाध्यक्ष राजेन्द्र आचार्य,नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित १९ जना पत्रकारहरुको टोली र मकवानपुरका ६ जना पत्रकारहरूको सहभागिता रहेको थियो।कृषि ज्ञान केन्द्र चितवनको प्राविधिक र आर्थिक सहयोगमा मकवानपुरमा ५७ वटा फर्म सन्चालनमा रहेका छन।
केन्द्रको अनुदानमा सञ्चालित हेटौंडा-८ मा रहेको कृषि फार्म
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















