टनेल भित्र आचार्य परिवारले गरेको टमाटर खेती
सुनिल शिवाकोटी
३१ असार, हेटौंडा । कोरोना संक्रमणको दोस्रो भेरिएन्टको जोखिम रोक्न २०७८ बैशाख १५ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–८ का उमानाथ आचार्य उनका परिवार,अघिल्लो बर्ष र यस बर्षको लकडाउन निषेधाज्ञाका कारण उनलाई दैनिकमा र घर व्यवहार चलाउन समस्या भयो।त्यसैले उनले घर नजिक रहेको ७ कठ्ठा बाझो जमिनमा व्यवसायिक ढंगबाट फार्म नै दर्ता गरि टनेलमा टमाटर तथा तरकारी खेतीको काम शुरु गरे ।कुनै समय बाँझो भूभागको नामले चिनिने कमाने आचार्य परिवारको मेहनतले बाँझो जमिनलाई सदुुपयो गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ।
कृषि ज्ञान केन्द्र चितवनको करिब ५ लाख ३६ हजार अनुदान सहयोगमा ४ टनेलमा व्यवसायिक तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको बताए।यसअघि प्रहरी सेवामा रहेका उमानाथ र उनका दुई दाजुभाई मिलेर व्यवसायिक तरकारी खेति शुरु गरेका उनीहरुले पहिलो सिजनमै १ लाख रुपैंयाको टमाटर र तरकारी बिक्रि गरेका छन् । टनेलबाट दैनिक २५ किलो भन्दा बढी टमाटर उत्पादन हुने र अहिले टमाटरको बजार मुल्य भएकोले राम्रो आम्दानी भइरहेको उनी बताउछन ।
लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका उमानाथको भनाई छ ।
सरकारी सेवाबाट निवृत्त भएसँगै स्थानीय टोल बिकास संस्थाको अध्यक्ष समेत रहेका उमानाथ यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका अवस्थामा उनका दाई डण्डिराज र भाई टेकनाथको हौसलाले कोरोनाकै कहरमा कृषि ज्ञान केन्द्र चितवनको अनुदान तथा प्राविधिक सहयोगमा आफ्नै बाँझो जमिनमा व्यवसायिक तरकारी खेति विस्तार गरेका हुन । उनी र उनको परिवारको मेहनतले अहिले सार्थकता पाउन थालेको छ भने बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ । विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्राविधिक सहयोगमा टनेलभित्र बेमौसमी व्यवसायिक तरकारी खेती गर्न सफल भएको बताए ।
"मैले तरकारी खेतीसँगै गाईपालन समेत गरेको छु,त्यसबाट दुध बेचेर आम्दानी लिएको छु, राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नसके साँच्चै स्वरोजगार तर्फ उन्मुख भएकाहरुको आत्मविश्वास बढ्ने थियो"- उमानाथले भने ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...









-nepal-1792111426.jpg)







