टनेल भित्र आचार्य परिवारले गरेको टमाटर खेती
सुनिल शिवाकोटी
३१ असार, हेटौंडा । कोरोना संक्रमणको दोस्रो भेरिएन्टको जोखिम रोक्न २०७८ बैशाख १५ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–८ का उमानाथ आचार्य उनका परिवार,अघिल्लो बर्ष र यस बर्षको लकडाउन निषेधाज्ञाका कारण उनलाई दैनिकमा र घर व्यवहार चलाउन समस्या भयो।त्यसैले उनले घर नजिक रहेको ७ कठ्ठा बाझो जमिनमा व्यवसायिक ढंगबाट फार्म नै दर्ता गरि टनेलमा टमाटर तथा तरकारी खेतीको काम शुरु गरे ।कुनै समय बाँझो भूभागको नामले चिनिने कमाने आचार्य परिवारको मेहनतले बाँझो जमिनलाई सदुुपयो गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ।
कृषि ज्ञान केन्द्र चितवनको करिब ५ लाख ३६ हजार अनुदान सहयोगमा ४ टनेलमा व्यवसायिक तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको बताए।यसअघि प्रहरी सेवामा रहेका उमानाथ र उनका दुई दाजुभाई मिलेर व्यवसायिक तरकारी खेति शुरु गरेका उनीहरुले पहिलो सिजनमै १ लाख रुपैंयाको टमाटर र तरकारी बिक्रि गरेका छन् । टनेलबाट दैनिक २५ किलो भन्दा बढी टमाटर उत्पादन हुने र अहिले टमाटरको बजार मुल्य भएकोले राम्रो आम्दानी भइरहेको उनी बताउछन ।
लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका उमानाथको भनाई छ ।
सरकारी सेवाबाट निवृत्त भएसँगै स्थानीय टोल बिकास संस्थाको अध्यक्ष समेत रहेका उमानाथ यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका अवस्थामा उनका दाई डण्डिराज र भाई टेकनाथको हौसलाले कोरोनाकै कहरमा कृषि ज्ञान केन्द्र चितवनको अनुदान तथा प्राविधिक सहयोगमा आफ्नै बाँझो जमिनमा व्यवसायिक तरकारी खेति विस्तार गरेका हुन । उनी र उनको परिवारको मेहनतले अहिले सार्थकता पाउन थालेको छ भने बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ । विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्राविधिक सहयोगमा टनेलभित्र बेमौसमी व्यवसायिक तरकारी खेती गर्न सफल भएको बताए ।
"मैले तरकारी खेतीसँगै गाईपालन समेत गरेको छु,त्यसबाट दुध बेचेर आम्दानी लिएको छु, राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नसके साँच्चै स्वरोजगार तर्फ उन्मुख भएकाहरुको आत्मविश्वास बढ्ने थियो"- उमानाथले भने ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

















