तस्विरः बिक्रम बानिया
१४ भदौं, हेटौँडा । हेटौँडामा मंगलबारदेखि जारी जिल्ला लिग फुटवलमा बुधबार ४ खेल भएका छन् । लोकतान्त्रिक खेलमैदान हुप्रचौरमा विहान र दिउसो गरी ४ खेल सकिएका हुन् ।
मकवानपुर सिटी र जरुङ शक्ति सामुदायिक युवा क्लब हटियाबीचको खेलमा मकवानपुर सिटि ४–१ गोल अन्तरले विजयी भएको छ । सिटिको तर्फबाट बुद्धकुमार श्रेष्ठले १३ र २६ तथा विनोद राईले ३४ र ७० औं मिनेटमा गोल गरे भने जरुङको तर्फबाट विकास खत्रीले ६५ औं मिनेटमा गोल गरे ।
दोस्रो भएको हटिया स्पोर्टस क्लव र पदमपोखरी युथ क्लवबीचको खेलमा दुबै टिमले बराबरी १–१ गोल गरे । पदमपोखरीबाट आकाश लामा २३ औं मिनेटमा र हटियाबाट अर्जुन राईले ५२ मिनेटमा गोल गरे ।
तेस्रो खेलमा पशुपति युवा क्लब विजयी भएको छ । पशुपतिले हेटौंडा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दा सञ्जय लामाले खेलका १२ औं मिनेटमा गोल गरे । विहानी क्लब हेटौँडा र निब्टा क्लब निबुवाटारबीचको खेलामा विहानी क्लव ३–० गोल अन्तरले विजयी भयो । विहानीको तर्फबाट सुजन खड्गीले २१ औं मिनेट, ऋषिराम मोक्तानले ५५ र ६० औं मिनेटमा गोल गरेका थिए । ३७ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...