१४,भदौँ,हेटौँडा । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार साझ आयोगका अध्यक्ष कमलनारायण दास सहितको पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी क्षेत्र निर्धारण प्रतिवेदन बुझाएका हुन ।
बुझाएको प्रतिवेदन नेपालको संविधान अनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३ सय ३० गरी प्रत्यक्षतर्फ कुल ४ सय ९५ क्षेत्रसहित प्रदेश नम्बर १ मा २८, प्रदेश नम्बर २ मा ३२, प्रदेश नम्बर ३ मा ३३, प्रदेश नम्बर ४ मा १८, प्रदेश नम्बर ५ मा २६, प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १६ वटा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएकोे छ ।
निर्वाचन क्षेत्र निर्धारण गर्दा ९० प्रतिशत र भूगोललाई १० प्रतिशत आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरिएको र जसमा गाउँपालिका र नगरपालिका टुक्रिएको र गाउँपालिका भन्दा नगरपालिका बढी बाँडिएका आयोगका सदस्य माधव अधिकारीले बताए ।
निर्वाचन क्षेत्र निर्धारण गरिएसँगै सबैभन्दा बढि काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने मोरङमा ६ वटा, झापा, रुपन्देही र कैलालीमा ५ वटा त्यसैगरी सुनसरी, सप्तरी, सिरहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा मा ४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । ७ वटा जिल्लामा ३ वटाका दरले निर्वाचन क्षेत्र तथा २१ वटा जिल्लामा २÷२ वटा निर्वाचन क्षेत्र, र ३५ वटा जिल्लामा १÷१ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
मकवानपुरमा प्रतिनिधिसभा २ र प्रदेशका लागि ४ निवार्चन क्षेत्र
त्यसैगरी ४ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अब प्रतिनिधिसभामा दुईवटा र प्रदेशमा ४ वटा मात्र निवार्चन क्षेत्र रहने भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको क्षेत्र निर्धारण प्रतिवेदनमा मकवानपुरमा प्रतिनिधिसभा दुई र प्रदेशमा ४ वटा निवार्चन क्षेत्र हुने भएको हो ।
तराईमा ७८ वटा निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाका लागि निर्धारण गरिएको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये तराईका २० जिल्लामा ७८ वटा निर्वाचन क्षेत्र समावेश गरिएको छ ।
मधेसकेन्द्रीत दलले जनसंख्या अनुपातमा तराईका जिल्लामा ५१ प्रतिशत निर्वाचन क्षेत्र हुनुपर्ने माग गरिरहेका बेला यो क्षेत्र निर्धारणले विगतको तुलनामा एक प्रतिशत कम प्रतिनिधित्व हुने देखिएको छ ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)