Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग (विज्ञप्तिसहित)

Hetauda-1504265942.jpg

File Photo

१६ भदौं, हेटौँडा । मकवानपुरका प्रमुख राजनीतिक दलले हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन माग गरेका छन् । उनीहरुले प्रदेश राजधानी हेटौँडालाई बनाउन सरकारसंग आग्रह गरेका हुन् । 

नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा भएको सर्बदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौँडालाई प्रदेश राजधानी बनाउन माग गरेको छ । बैठकले पर्याप्त भौतिक पूर्वाधार रहेकोले हेटौँडालाई प्रदेश राजधानी बनाउनु अत्यन्तै व्यावहारिक देखिने निष्कर्ष निकालेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा प्रशासन र सुरक्षासंग सम्बन्धित क्षेत्रीय कार्यालयहरु शिक्षा, स्वास्थ्य, वन, अख्तियार र नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर एवं प्रदेशस्तरीय प्रहरी प्रमूखको कार्यालयसमेत हेटौंडामा नै रहेकोले पनि प्रदेश राजधानी बनाउन उपयुक्त रहेको उल्लेख गरिएको छ । 

बैठकले यसका लागि पहल गर्न आवश्यक परे सर्बदलीय प्रतिनिधि मण्डल काठमाडौँ जाने निर्णय समेत गरेको छ । बैठकमा नेपाली काँग्रेसका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका संयोजक प्रेमबहादुर पुलामी र राप्रपाका सिताराम बर्तौलाले हस्ताक्षर गरेका छन् ।

Release-1504265942.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

थप समाचार