File Photo
१७ भदौं, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अघिकार आफुसंग नरहेको बताएका छन् ।
मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको १२ औं बार्षिक साधारणसभा एवं जिल्ला अधिवेशनमा बोल्दै नगर प्रमुख महतले उपनगरपालिकालाई २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अधिकार नरहेको बताए । उनले राष्ट्रिय राजमार्गबारे निर्णय गर्ने अधिकार उपमहानगरपालिकासंग नभएको भन्दै मानव वस्तिको बीचबाट राजमार्ग जान नसक्नेमा भने आफु सहमत रहेको बताए । उनले सडक विस्तार गर्नुपर्छ भन्नेहरुको संख्या ठूलो रहेको भन्दै विस्तार नगर्दा आफुलाई विकास विरोधीको आरोप लागिरहेको बताए ।
निर्णय गर्ने अधिकार आफुसंग भई दिएको भए आफुले बेलैमा ठोस निर्णय गरिदिईसक्ने उनको भनाई थियो । उपमहानगरले वाईपासलाई प्राथमिकतामा राखेको समेत उनले जानकारी दिए । उनले हेटौँडा नगर क्षेत्रभित्र सडक मिचेर बनेको घर टहरा भत्काउने दावि गरेका छन् । यसका लागि नगरबासीको समेत साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले २५ मिटर विस्तारका कारण धेरै घरधनी र व्यवसायीले दुःख पाएको भन्दै यसको निक्र्यौलका लागि नगर प्रमुख महतको ध्यानाकर्षण गराएका थिए ।
संघका अध्यक्ष शम्भु ढकालको अध्यक्षतमा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य अनिल अग्रवाल, फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सचिव गोकुल श्रेष्ठ, संघका पूर्व जिल्ला अध्यक्ष यम सिल्वाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले गोकुल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

-1786686763.jpg)
















