Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक

mahaprasad-adhikari-1628859496.jpg

२९ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको हो । 
कोभिडले अर्थतन्त्रमा पारेका नकारात्मक असरलाई न्यूनीकरण हुने गरी यस अघि नै लागू गरिएको पुनरुत्थान कर्जालाई निरन्तरता दिने गरी मौैद्रिक नीति ल्याइएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए  ।
कोभिडले समस्यामा परेका सार्वजनिक यातायातको मर्मत सम्हारका लागि थप २ लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । गभर्नर अधिकारीले कोभिडविरुद्धको खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए ।
त्यसैगरी मौद्रिक नीतिमा कोभिडको असरका कारण लघु, घरेलु, साना तथा मझौंला व्यवसायीले व्यवसाय परिवर्तन गर्न चाहेमा ऋण उपलब्धतामा सहजीकरण गर्न नीतिगत व्यवस्था गर्न सकिने व्यवस्था पनि मिलाउने उल्लेख गरिएको छ ।
अस्पताल नभएका स्थानीय तहमा सय बेडसम्मका अस्पताल स्थापना गर्नका लागि बैक तथा वित्तिय संस्थाहरुबाट कर्जा प्रवाहको व्यवस्था मिलाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना तथा संचालन वित्तिय स्रोत उपलब्ध गराउन सहजीकरण गर्ने व्यवस्था पनि मौैद्रिक नीतिमा गरिएको छ । 
गभर्नर अधिकारीले नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैक तथा वित्तिय संस्थामा जम्मा गरेमा एक प्रतिशत ब्याज थप दिने व्यवस्था गरिएको जानकारी दिए । सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापनाका लागि कर्जा प्रवाहमा सहजीकरण हुने गरी हेल्प डेस्कको स्थापना गर्ने कुरालाई पनि नीतिमा समावेश गरिएको छ । 
गभर्नर अधिकारीले सबै स्थानीय तहका कर्जा प्रवाहको कामलाई प्रोत्साहित गर्न कृषि, लघु तथा घरेलु उद्योग कर्जा प्रवाहका लागि छुट्टै डेस्कको व्यवस्था गर्न लागिएको जानकारी दिए । मौद्रिक नीतिमा राष्ट्रिय वाणिज्य बैंकको सख्या घटाउने योजना अघि सारिएको छ । 
त्यसैगरी बैंकहरुलाई तोकिएको क्षेत्रमा तोकिएको दरमा कर्जा प्रवाह गर्न थप एक वर्ष समयको व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । 
सेयर धितो कर्जाको पनि सीमा तोकिएको छ । गभर्नर अधिकारीले एक व्यक्ति वा कम्पनीले एउटा बैंकबाट बढि ४ करोड कर्जा लिन पाउने व्यवस्था गरिएको बताउनु भयो । ब्याजदर करिडोरलाई पुन कार्यान्वयनमा ल्याउने योजना अघि सारिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार