Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दुरसञ्चार उपकरण लुटिएको भन्दै फिर्ता गर्न उजुरी

ispan-1629462700.jpg

४ भदौ, हेटौंडा । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनको भरतपुरमा नेपाल बिद्युत प्राधिकरणका कर्मचारीले दुरसञ्चार उपकरण लुटेको भन्दै गर्दै फिर्ता गर्न बिद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ ।
आईस्पानले यसबारे नेपाल दूरसञ्चार प्राधिकरण,गृह मन्त्रालय, भरतपुर बिद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा समेत जानकारी दिएको छ ।
भरतपुर बिद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिनसम्म फिर्ता नगर्दा इन्टरनेट सेवा 
प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाएको जनाइएको छ । 
आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट बन्चित हुन पुगेको आईस्पानले जनाएको छ ।
यसले गर्दा कोभिड-१९ मा डिजीटल शीक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरि दुरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएको गुनासो गरिरहेको आईस्पानले जनाएको छ ।
नागरिकका लागि गाँस, बास, कपास र  इन्टरनेट आधारभूत आवश्यकता भइसकेकोको अवस्थामा प्राधिकरणको यस्तो कार्यले सेवाग्राही समस्यामा परेकोमा आईस्पानले जनाएको छ । 
अति आवश्यक सेवामा परेको इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार