Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कोषमा आवद्ध नहुने रोजगारदातालाई सरकारी सुविधा रोक्का गर्न माग

IMG20210820115109-696x522-1629509853.jpg

५ भदौ, हेटौंडा । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका र योगदान रकम जम्मा नगर्ने रोजगारदातालाई सरकारले दिने विभिन्न सुविधा तथा छुट सहुलियत रोक्का गर्न माग गरिएको छ । 
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले शुक्रबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई ज्ञापनपत्र बुझाउँदै सबै प्रकारका उद्योग, फर्म, कम्पनी, सेवा तथा व्यवसायको दर्ता नवीकरण गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत भई योगदान गरेको निस्सा अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार श्रमिकहरुको स्थानीय तहमा स्थायी प्रणालीको प्रबन्धसहित अनिवार्य पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा आवद्धताको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ । 
सरकारी तथा सार्वजनिक संस्थामा करार श्रमिक तथा कामदारलाई यथाशीघ्र बजेट निकासा गरी सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने व्यवस्था मिलाउनसमेत माग गरिएको छ । समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडासहितको टोलीले मन्त्री खनाल र बागमती प्रदेशका प्रमुख सचिव किरणराज शर्मालाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
१० वटा ट्रेड युनियनका घटक आवद्ध समन्वय केन्द्रले आफूहरुको माग पूरा गराउन ७ वटै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यअनुरुप शुक्रबार बागमती प्रदेशमा प्रदर्शनका साथै ज्ञापनपत्र बुझाइएको हो ।
श्रम ऐनको दफा १४५ को अपब्याख्या गर्दै श्रमिक कटौती गर्ने गरिएको भन्दै समन्वय केन्द्रले त्यस्तो कटौती बन्द गर्न, श्रम निरीक्षण र श्रम अडिटलाई प्रभावकारी बनाई श्रम बजारको नियमित नियमनको व्यवस्था मिलाउन पनि माग गरिएको छ । 
ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका उपाध्यक्ष कुमार पौडेलका अनुसार सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयनको लागि दबाब दिन प्रदर्शन तथा ज्ञापनपत्र बुझाइएको हो । 
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलगायत विभिन्न दलसम्बद्ध ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार