Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कर्रा खोलामा हराएका दुईजना अझै भेटिएनन्, खोजी जारी (तस्विरहरु)

P2-1630736988.jpg

१९ भदौ, हेटौंडा । शुक्रबार दिउँसो कर्रा खोलामा आएको भेलले ट्रकसहित बगाएका दुईजना अझै नभेटिएको प्रहरीले जनाएको छ । बगाएको ट्रक शुक्रबार नै फेला पनि हराएका चालक र अर्का एकजना फेला परेका छैनन 
उनीहरुको विहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरेपनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । विहान वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोलीले क्याम्पाडाँडा क्षेत्रमा खोजी गरेको थियो भने चौघडा प्रहरीको टोलीले आफन्तसहित चौघडा, चुच्चेखोला क्षेत्रमा खोजी गरेको थियो । दिउँसो सुपारीटारबाट १५ जनाको सेनाको टोली र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासको नेतृत्वमा १० जनाको टोली घटनास्थलबाट रबर बोटसहित घटनास्थलबाट चुच्चेखोला, चौघडा क्याम्पाडाँडा क्षेत्रमा खोजी गरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो । खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो । पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको थियो ।

P1-1630737045.jpg
P3-1630737046.jpg
P4-1630737046.jpg
P5-1630737047.jpg
P6-1630737047.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार