Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको २६ औं बार्षिकउत्सवमा शुभकामना आदान प्रदान

FB_IMG_1631203974177-1631204112.jpg

२४ भदौं,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफनो २६ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।बिहीबार बिहान संस्थाको हेटौंडा-६ स्थित कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो। 

सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा तथा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा संंस्थाका कर्मचारी झम्क प्रसाद गौतमले संस्थाले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । जनकल्याण सहकारी संंस्था मकवानपुर जिल्लामा बचत तथा ऋण सहकारी संस्थाको नामबाट पहिलो दर्ता भएको संस्था हो । संस्थाले जिल्ला तथा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, निवर्तमान उपाध्यक्ष नारायण प्रसाद अधिकारी, सल्लाहकार बद्री बहादुर पाठक,चौघडा बचत तथा ऋण सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, कामधेनु बहुउद्धेश्यीय सहकारीका व्यवस्थापक भीमसेन पौडेल, संस्थाका पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सचिव मीना अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०५३ सालमा स्थापित सहकारीमा हाल महिला १ हजार ४ सय १३ पुरुष १ हजार १ सय ४३ गरि २ हजार ५ सय ६६ जना शेयर सदस्यहरु रहेका छन।संस्थाले आफनै सुविधा सम्पन्न भवनबाट हाल सम्म २१ करोड भन्दा बढीको कारोवार गरिसकेको छ भने संस्थामा ४ जना कर्मचारीहरु कार्यरत रहेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार