Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको २६ औं बार्षिकउत्सवमा शुभकामना आदान प्रदान

FB_IMG_1631203974177-1631204112.jpg

२४ भदौं,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफनो २६ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।बिहीबार बिहान संस्थाको हेटौंडा-६ स्थित कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो। 

सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा तथा हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो। 

कार्यक्रममा संंस्थाका कर्मचारी झम्क प्रसाद गौतमले संस्थाले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । जनकल्याण सहकारी संंस्था मकवानपुर जिल्लामा बचत तथा ऋण सहकारी संस्थाको नामबाट पहिलो दर्ता भएको संस्था हो । संस्थाले जिल्ला तथा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, निवर्तमान उपाध्यक्ष नारायण प्रसाद अधिकारी, सल्लाहकार बद्री बहादुर पाठक,चौघडा बचत तथा ऋण सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, कामधेनु बहुउद्धेश्यीय सहकारीका व्यवस्थापक भीमसेन पौडेल, संस्थाका पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सचिव मीना अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०५३ सालमा स्थापित सहकारीमा हाल महिला १ हजार ४ सय १३ पुरुष १ हजार १ सय ४३ गरि २ हजार ५ सय ६६ जना शेयर सदस्यहरु रहेका छन।संस्थाले आफनै सुविधा सम्पन्न भवनबाट हाल सम्म २१ करोड भन्दा बढीको कारोवार गरिसकेको छ भने संस्थामा ४ जना कर्मचारीहरु कार्यरत रहेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

थप समाचार