Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रतिपक्षीको विरोधकाबीच संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत 

janardan-1536x853-1631274356.jpg

२५ भदौ, हेटौंडा । सरकारले चालु आर्थिक २०७८÷७९ वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को चर्को बिरोध र नाराबाजीकाबीच प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।
सरकारले कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ अर्थात ४१.५२ प्रतिशत, पुँजिगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात २३.१६ प्रतिशत, वित्तिय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ अर्थात ११.६० प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ अर्थात २३.७२ प्रतिशतको बजेट ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएका हुन् । उनले कोभिड– १९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र अर्थतन्त्रलाई पुर्नउत्थान गरी चलायमान बनाउने विषय सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । 
कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतको अतिरिक्त आन्तरिक स्रोत समेत सञ्चालन गर्ने प्रबन्ध गरेको उल्लेख गरे । 
चालु खर्च तर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, तालिम खर्च, सिप विकास तथा जनचेतना तालिम सम्बन्धी खर्च कार्यक्रम, अनुगमन, मुल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरी यसरी खर्च कटौती गर्दा बचत हुने ५ अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदको लागि उपयोग गरिने पनि अर्थमन्त्री शर्माले बताए ।
सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीलाई औषधी उपचार खर्च बापत् मासिक ५ हजारको दरले उपलब्ध गराउने भएको छ । त्यस्तै राजनीतिक आन्दोलनमा बलिदान गर्ने परिवारको लागि जीवनवृत्ति वापत् मासिक ३ हजार प्रदान गर्ने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ । 
कोभिाड – १९ बाट प्रभावित रोजगारी र आयआर्जन गुमाएका अनौपचारीक एवं असंगठित क्षेत्रमा रहेका करिब ५ लाख परिवारलाई राहत स्वरुप १ पटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा यही असोज महिनाभित्र स्थानीय तहको समन्वयमा नगद अनुदान प्रदान गरिने अर्थमन्त्री शर्माले बताए ।
कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि गर्न कृषि बाली तथा पशु बिमाको दायरा बिस्तार गरी दिईदै आएको बिमा प्रिमियर साबिकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पु¥याएको पनि अर्थमन्त्रीले वक्तव्यमार्फत् जानकारी दिए ।
शहरी विपन्न नागरिकहरुको लागि सामाजिक संस्थाको सहकार्यमा कामाठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ रुपमा खानाको व्यवस्था गरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार