Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका विद्यालय र शैक्षिक संस्था भोलिबाट खुल्ने

20200805_183113-1631364747.jpg

सुनिल शिवाकोटी 

२६ भदौं,हेटौंडा। कोरोना संक्रमण दरमा कमि आजपछि मकवानपुर जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहलाई संक्रमण दरको अवस्था विद्यालय तथा शैक्षिक संस्था खोल्न मिल्ने निर्णय गरेसँगै विगत ४ महिनादेखि बन्द रहेका मकवानपुरका विद्यालय र शैक्षिक संस्था खुल्ने भएका छन। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेको नेतृत्वमा भदौ १७ गते बसेको व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो।शिक्षा समन्वय इकाइ प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा विद्यालय खोल्न मिल्ने नमिल्ने भन्ने बारे प्रतिवेदन पेश गर्न मकवानपुरका सिडिओ भरतमणी पाण्डेले समिति गठन गरेका थिए। 

डिसिसिएमसीको निर्णय अनुसार १० वटा स्थानीय तहमा रहेको शिक्षा विकास महाशाखाले महाशाखा अन्तर्गत पर्ने विद्यालयलाई विद्यालय संचालन सम्बन्धि कार्यढाचाँ सहित व्यवस्थापन समितिको निर्णय पठाउन विद्यालयलाई पत्राचार गरेको थियो। पत्रचार अनुसारनै १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजि विद्यालय भोली अर्थात भदौ २७ गते आइतबारबाट खुल्ने भएका हुन। सम्बन्धित विद्यालयले सुचना जारी गर्दै विद्यालय आइतबारबाट खोल्ने जनाएका छन।

विद्यालय संचालनमा आएपनि स्वास्थ्य मापदण्डलाई पुर्ण पालना गर्न,भौतिक दुरी कायम गर्न,भिडभाड हुने सामुहिक कार्य गर्न नगराउन भनिएको छ। कोरोना संक्रमण दर बढेसँगै बैशाखको १५ गतेबाट मकवानपुरका विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्यन आध्यापन गराइदै आएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार