२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले चिसापानी बचत तथा ऋण सहकारी संस्थालाई ७–१ गोल अन्तरले पराजित गरेको छ । सञ्जीवनीका लागि सञ्जीव श्रेष्ठ एक्लैले ४ गोल गर्न सफल भए । सञ्जीवनीका लागि दीपेन्द्र चौलागाईं, असिम न्यौपाने र दीपेन्द्र ढकालले एक÷एक गोल गरे । चिसापानीका सुरज पौडेलले सान्त्वना गोल गर्न सफल भए । आइतबारको दोश्रो खेलमा निर्माण उपभोक्ताले सुन्दर सहकारीलाई ५–३ गोल अन्तरले पराजित ग¥यो । निर्माणका लागि आशिष मानन्धरले ३, मणी सिन्तानले १ र सन्तोष ढुङगेलले १ गोल गरे भने सुन्दरका लागि सविन न्यौपाने १ र रेशम बस्नेतले २ गोल गरे ।
आइतबारको तेश्रो खेलमा नारायणी बहुउद्देश्यीयले नवयुवा बचत तथा ऋण सहकारीलाई ८–० गोलअन्तरले पराजित गरेको हो । नारायणीका लागि जितेन्द्र कर्माचार्यले ३, सेन्टो आचार्यले २ गोल गरे भने नवराज बज्राचार्य, नरेन्द्र भण्डारी र महेश अधिकारीले १÷१ गोल गरे । आइतबारको अन्तिम खेलमा आयोजक दिव्यतारा बहुउद्देश्यीय सहकारी प्रतिफल सहकारीसँग ३–१ गोल अन्तरले पराजित भएको छ । प्रतिफलका लागि सुमन भुजेल, आयम सुवेदी र गौरव नेपालले गोल गरेका थिए भने दिव्यताराका लागि विक्रम बानियाँले एक मात्रै गोल गरेका थिए । आइतबारको खेलमा विजयी टोली अघिल्लो चरण प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार विहान सञ्जीवनी र साइराम सहकारीबीच खेल हुने छ । सोमबार विहान नारायणी सहकारी र प्रतिफल सहकारीबीच खेल हुनेछ भने साँझ निर्माण उपभोक्ताले सञ्जीवनी र साइरामबीचको विजेतासँग खेल्ने छ ।
यस अघि उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष डा. गणेशबल लामाको अध्यक्षता एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, हेटौंडा उपमहानगरपालिकाका कार्यकारि अधिकृत कृष्णप्रसाद पाण्डे, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतको आतिथ्यता रहेको थियो । सहकारीको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर सहकारी फुटसल प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगदसहित ट्रफी प्राप्त गर्ने सचिव गणेश भेटवालले जानकारी दिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















