Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कराँतेमा लेवट डोजो विजयी

2017-09-11-19-25-39-1-1505137417.png

२६ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाँउपालिकामा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको छ ।

बकैया गाँउपालिकाका प्रमुख दामोदर खनालले प्रतियोगिताको शुभारम्भ गरेका थिए । बकैया गाँउपालिकाका स्थानीय कराँते प्रशिक्षक नेत्रवहादुर राइको प्रयासमा सितोरीयो कराते संघ बकैयाको आयोजनामा भएको हो ।

प्रतियोगितामा लेवट डोजो हेटौँडा प्रथम तथा छतिवन सितोरियो कराते डोजो द्धितिय भएका थिए ।  २० केजितर्फ लेवटका विश्वास थापामगर प्रथम तथा छतिवन डोजोका जिवन घिसिङ द्वितिय भएका थिए । त्यस्तै २५ केजितर्फ विजय घलान लेवट तथा छतिवनका मनिष फुयाँल द्वितिय भएका थिए । त्यस्तै ३० केजीमा रिकेश मोक्तान हेटौँडा रंगशाला तथा आयुश राइ हेटौँडा द्वितिय भएका थिए ।

३५ केजी समुहमा लेवटका अनुज बल तथा छतिवनका राजेश बस्नेत, ४० केजीमा लेवटका सुरेन्द्र लिम्वु तथा प्रशान्त पाठक, ४५ केजीमा अर्पण थापामगर तथा अभिषेक वल प्रथम तथा द्वितिय भएका थिए । त्यस्तै प्रतियोगिताको महिला तर्फ २५ केजीमा छतिवन डोजोकी स्नेहा पराजुली प्रथम तथा छतिवनकै दिक्षा कार्की द्वितीय भएका थिए ।

त्यसैगरी महिलाहरुको ३० केजी तर्फ छतिवनकी निशा लामा तथा लेवटकी सलिना मगर द्वितीय भएका छन् । त्यस्तै ३५ केजिमा छतिवनकी बबीता तिमल्सीना प्रथम तथा हेटौँडा डोजोकी अनिशा मगर द्वितीय, ४० केजीमा हात्तिसुडेँकी सजि घलान तथा रगंशालाकी  एलिना पाख्रिन, त्यसैगरी ५५ केजीतर्फ लेवटकी सिृष्टी घलान तथा रगंशाला डोजोकी पुजा रुम्वा प्रथम तथा  द्वितीय हुदै स्वर्ण तथा रजत पदक  हात पारेका थिए ।

बकैया गाँउपालिका सितोरियो संघका अध्यक्ष राम थिङको सभाध्यक्षतामा भएको प्रतियोगीतामा बकैया गाउँपालिका उपप्रमुख सरला बोलखे ,वडा अध्यक्ष राजन दङ्गाल, शेरमान घलान, मध्य क्षेत्रिय खेलकुद विकास समिती उपनिर्देशक सुरेन्द्र श्रेष्ठ, कराते प्रशिक्षक विष्णुभक्त लामा डेकेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो ।

प्रतियोगीतामा मकवानपुर जिल्लाको विभिन्न डोजोको ८० जना खेलाडिको सहभागीता थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार