Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर सहकारी फुटसलको उपाधी प्रतिफललाई

Futsal-1505214151.JPG

२७ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवं रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था  लिमिटेडले जितेको छ । 
मङ्गलबार बिहान भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले हराउँदै प्रतिफलले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको समयमा प्रतिफलले २ गोल गरेको हो । प्रतिफलको जितमा मित्र गौतम नायक बने । ब्याक पास खेल्दै गरेको मौका छोप्दै गौतमले बललाई पोष्टको दिशा दिएका थिए । यस्तै दोस्रो गोल पनि गौतमकै नाममा रह्यो । साईरामका गोलरक्षक अघि बढेको मौका छोप्दै उनले दोस्रो गोल गरेका हुन् । 
निर्माण उपभोक्ता सहकारी र प्रतिफल सहकारीकोबीचमा फाइनल खेल हुनुपर्नेमा निर्माणको बिरुद्धमा उजुरी परेपछि फाइनल खेल्नबाट बञ्चित भएको थियो । प्रतियोगिताको विजेता प्रतिफल सहकारीले नगद १५ हजार र उपविजेता भएको साईरामले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा पहिलो पटक मकवानपुरका अन्तर सहकारी फुटसल आयोजना भएको हो । प्रतियोगिताको विजेता उपविजेता टिमलाई असोज ८ गते हुने सहकारीको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने छ । 
मङ्गलबार प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, व्यवस्थापक रमेश कोइराला र रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले शिल्ड प्रदान  गरेका थिए । प्रतियोगितामा जिल्लाका ९ सहकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार