१० असोज, हेटौंडा । बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन ।
हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको समापन समारोहलाई सम्वोधन गर्दै सचिव पाण्डेले कृषि क्षेत्रलाई विकास गर्न सके समृद्धि आउने बताए ।
नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रमा सहकारीले लगानी बढाउनु पर्नेमा जोड दिदै सचिव पाण्डेले सहकारीको समस्या समाधान गर्न मन्त्रालय सदैव तैयार रहेको बताए ।
कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य रत्नमाया खड्का, रामचन्द्र धिताल, उत्कृष्ठ बाल बचतमा समता लामिछाने, बिकल्प न्यौपाने, उत्कृष्ठ बचतकर्तामा पोष प्रसाद सुवेदी र दिपा राजभण्डारीलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी उत्कृष्ठ कारोवारीमा ईजराईलमिया अन्सारी, सिर्जना राई, उत्कृष्ठ कृषि व्यवसायीमा कृष्ण प्रसाद चौलागाँई, सक्रिय सदस्यमा विष्णु प्रसाद दाहाल, आवधिक बचतमा अनिरुद्र दाहाल, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने सलिना धिमाल, अन्जली न्यौपाने, सुनयन चौलागाँई, प्लस टु मा उत्कृष्ट अंक हासिल गर्ने अनुप धिताल र कर्मचारीमा संस्थाकी कार्यालय सहायक कल्पना दहाललाई पनि पुुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक सदस्य नारायणप्रसाद देवकोटा, संस्थाका उपाध्यक्ष एकलाल श्रेष्ठ, सचिव रामजी सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
आव ०७७÷०७८ सम्म संस्थामा २ हजार ५२१ जना शेयर सदस्यहरु आवद्ध रहेका छन । संस्थाको शेयर पूँजी २ करोड ६५ लाख, निक्षेप २७ करोड ७३ लाख र ऋण लगानी २३ करोड ४० लाख रहेको संस्थाका ब्यवस्थापक बद्री भण्डारीले बताए । संस्थाले आव ०७७÷०७८ मा ७० लाख ७२ हजार मुनाफा कमाउन सफल भएको छ ।
कोरोना संक्रमणका कारण साधारणसभा असोज ४ गतेदेखि शुरु भै १० गते समापन गरिएको हो ।
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...







-1786686763.jpg)










