Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्छः सचिव पाण्डे 

11-1632661009.jpg

१० असोज, हेटौंडा । बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन ।
हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको समापन समारोहलाई सम्वोधन गर्दै सचिव पाण्डेले कृषि क्षेत्रलाई विकास गर्न सके समृद्धि आउने बताए । 
नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रमा सहकारीले लगानी बढाउनु पर्नेमा जोड दिदै सचिव पाण्डेले सहकारीको समस्या समाधान गर्न मन्त्रालय सदैव तैयार रहेको बताए । 
कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य रत्नमाया खड्का, रामचन्द्र धिताल, उत्कृष्ठ बाल बचतमा समता लामिछाने, बिकल्प न्यौपाने, उत्कृष्ठ बचतकर्तामा पोष प्रसाद सुवेदी र दिपा राजभण्डारीलाई पुरस्कृत गरिएको थियो । 
यसैगरी उत्कृष्ठ कारोवारीमा ईजराईलमिया अन्सारी, सिर्जना राई, उत्कृष्ठ कृषि व्यवसायीमा कृष्ण प्रसाद चौलागाँई, सक्रिय सदस्यमा विष्णु प्रसाद दाहाल, आवधिक बचतमा अनिरुद्र दाहाल, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने सलिना धिमाल, अन्जली न्यौपाने, सुनयन चौलागाँई, प्लस टु मा उत्कृष्ट अंक हासिल गर्ने अनुप धिताल र कर्मचारीमा संस्थाकी कार्यालय सहायक कल्पना दहाललाई पनि पुुरस्कृत गरिएको थियो । 
संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक सदस्य नारायणप्रसाद देवकोटा, संस्थाका उपाध्यक्ष एकलाल श्रेष्ठ, सचिव रामजी सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
आव ०७७÷०७८ सम्म संस्थामा २ हजार ५२१ जना शेयर सदस्यहरु आवद्ध रहेका छन । संस्थाको शेयर पूँजी २ करोड ६५ लाख, निक्षेप २७ करोड ७३ लाख र ऋण लगानी २३ करोड ४० लाख रहेको संस्थाका ब्यवस्थापक बद्री भण्डारीले बताए । संस्थाले आव ०७७÷०७८ मा ७० लाख ७२ हजार मुनाफा कमाउन सफल भएको छ । 
कोरोना संक्रमणका कारण साधारणसभा असोज ४ गतेदेखि शुरु भै १० गते समापन गरिएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार