१८ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको किरणचोक टोल विकास संस्थाको अध्यक्षमा राजु अधिकारी र किरणचोक आमा समूहको अध्यक्षमा सावित्री अधिकारी चयन भएका छन् ।
टोल विकास संस्थाको ११ औं बार्षिक साधारणसभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईश्वरी अर्याल, सचिव रेजिता सिग्देल, सहसचिव किरण अर्याल, कोषाध्यक्षमा गणेश पराजुली र सदस्यहरुमा रामप्रसाद पौडेल, मुरली पौडेल, सानुदुर्गा पुडासैनी, बालकुमारी थापालगायत रहेका छन् ।
यसैगरी किरणचोक आमा समूहको ५ औं साधारणसभाले सावित्री अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समूहको उपाध्यक्षमा उर्मिला अर्याल, सचिवमा मन्दिरा घिमिरे, सहसचिव सावित्री सापकोटा, कोषाध्यक्ष ललिता पौडेल तथा सदस्यहरुमा राममाया बल, कमला खड्का, मुना रिमाल, निता केसीलगायत रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा–७ नम्बर वडा अध्यक्ष राजन थापा, किसान कल्याण सहकारी संस्थाका अध्यक्ष मोतिलाल लामा, स्मृति टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण भट्ट, टोल विकास संस्था नगर समन्वय समिति सदस्य हर्करत्न लामा, बिष्णु ढुंगाना, वडा समन्वय समितिका संयोजक युवराज गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई पुरस्कृत गर्नुका साथै खेलाडी, किरणचोक सामुदायिक भवन निर्माण उपभोक्ता समिति र टोल विकास संस्थाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












