Email :- prastakhabar@gmail.com
राजनीति

दुई नम्बर प्रदेशमा प्रचार प्रसारको  अन्तिम दिन  

शीर्षस्थ नेताहरु तराईमै

21752315_1020860847152882-1505462695.jpg

रौतहटको चुनावीसभामा सहभागि हुदै काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्षस्थ नेताहरु


सुनिल शिवाकोटी / ब्यस्त प्रभात 
३० भदौ , बारा / रौतहट
 
। असोज २ गते हुने दुई नम्बर प्रदेशको आठवटा जिल्लामा   १३६ तहमा हुनगईरहेको निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन विभिन्न पार्टीका शीर्षस्थ नेता तथा उम्मेदवारहरु मतदाता लाई आङ्खनो पक्ष र आङ्खना उम्मेदवारहरुलाई  मत जुटाउन अन्तिम प्रयासमा लागी परेका छन ।  आज रातिबाट शून्य अवधी  सुरु हुने भएकाले उम्मेदवारले प्रचार प्रसारको अन्तिम दौडधुपमा लागिपरेका छन् ।
 
यतिखेर तराईका ८ जिल्लामा मौसमी गर्मी संगै चुनावी गर्मीले  तातेको छ ।  प्रमुख दलका शीर्षस्थ नेताहरू सबै दुई नम्बर प्रदेशकै जिल्लामा चुनाव प्रचारमा  व्यस्त छन ।  काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ गते मधेस झरेपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट हुँदै पर्सा पुगेका छन् । आज उनको  पर्सा र बारामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन । त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज महोत्तरी र बारामा विभिन्न चुनावीसभामा सहभागि हुदैछन  ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि   मधेसमा आफ्नो पार्टीको पल्ला भारी पार्न तराईका जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गर्नमा ब्यस्त देखिन्छन । उनले  आज सर्लाहीको लालबन्धी र वीरगन्जमा हुने  चुनावीसभामा सहभागि हुदैछन  ।  त्यसैगरी जनमत काँग्रेसको पक्षमा पार्न काँग्रेसका वरिष्ट नेता राम चन्द्र पौडले बारा, पर्सामै रहिरहेका छन ,उनी पर्साको पोखरिया नगरपालिकामा बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन  । 
काँग्रेसका  महामन्त्री डा. शशांक कोइराला पनि बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन ।  एमाले का वरिष्ट नेता झलनाथ खनाल बाराको कोहल्वी नगरपालिका र पर्साको वीरगन्जमा हुने  चुनावी सभामा सहभागि हुदैछन ।
त्यसैगरी उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् ।
 त्यसैगरी राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन् । राप्रपाले प्रदेश नं. २ निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको र  तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको जानकारी दिए ।  
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ । 
त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् । 

21742987_1021519215350390-1505462695.jpg

चुनावीसभामालाई सम्बोधन गर्दै प्रचण्ड


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
61f892e55d39d_60756d234b3-1679383291.jpg

७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...

थप समाचार