Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दुई नम्बर प्रदेशमा प्रचार प्रसारको  अन्तिम दिन  

शीर्षस्थ नेताहरु तराईमै

21752315_1020860847152882-1505462695.jpg

रौतहटको चुनावीसभामा सहभागि हुदै काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्षस्थ नेताहरु


सुनिल शिवाकोटी / ब्यस्त प्रभात 
३० भदौ , बारा / रौतहट
 
। असोज २ गते हुने दुई नम्बर प्रदेशको आठवटा जिल्लामा   १३६ तहमा हुनगईरहेको निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन विभिन्न पार्टीका शीर्षस्थ नेता तथा उम्मेदवारहरु मतदाता लाई आङ्खनो पक्ष र आङ्खना उम्मेदवारहरुलाई  मत जुटाउन अन्तिम प्रयासमा लागी परेका छन ।  आज रातिबाट शून्य अवधी  सुरु हुने भएकाले उम्मेदवारले प्रचार प्रसारको अन्तिम दौडधुपमा लागिपरेका छन् ।
 
यतिखेर तराईका ८ जिल्लामा मौसमी गर्मी संगै चुनावी गर्मीले  तातेको छ ।  प्रमुख दलका शीर्षस्थ नेताहरू सबै दुई नम्बर प्रदेशकै जिल्लामा चुनाव प्रचारमा  व्यस्त छन ।  काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ गते मधेस झरेपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट हुँदै पर्सा पुगेका छन् । आज उनको  पर्सा र बारामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन । त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज महोत्तरी र बारामा विभिन्न चुनावीसभामा सहभागि हुदैछन  ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि   मधेसमा आफ्नो पार्टीको पल्ला भारी पार्न तराईका जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गर्नमा ब्यस्त देखिन्छन । उनले  आज सर्लाहीको लालबन्धी र वीरगन्जमा हुने  चुनावीसभामा सहभागि हुदैछन  ।  त्यसैगरी जनमत काँग्रेसको पक्षमा पार्न काँग्रेसका वरिष्ट नेता राम चन्द्र पौडले बारा, पर्सामै रहिरहेका छन ,उनी पर्साको पोखरिया नगरपालिकामा बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन  । 
काँग्रेसका  महामन्त्री डा. शशांक कोइराला पनि बाराको कलैया नगरपालिका र वीरगन्ज महानगरपालिका हुने चुनावी सभामा सहभागि हुदैछन ।  एमाले का वरिष्ट नेता झलनाथ खनाल बाराको कोहल्वी नगरपालिका र पर्साको वीरगन्जमा हुने  चुनावी सभामा सहभागि हुदैछन ।
त्यसैगरी उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् ।
 त्यसैगरी राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन् । राप्रपाले प्रदेश नं. २ निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको र  तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको जानकारी दिए ।  
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ । 
त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् । 

21742987_1021519215350390-1505462695.jpg

चुनावीसभामालाई सम्बोधन गर्दै प्रचण्ड


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार